पत्रकार दाहालमाथि प्रहरीद्वारा कुटपिट
काठमाडौं, चैत ३१ : समाचार संकलनका लागि भारतीय दूतावास परिसर पुगेका पत्रकार केदार दाहालमाथि प्रहरीले कुटपिट गरेको छ । नयाँ पत्रिका दैनिकमा कार्यरत दाहाल भारतबाट...
काठमाडौं, चैत ३१ : समाचार संकलनका लागि भारतीय दूतावास परिसर पुगेका पत्रकार केदार दाहालमाथि प्रहरीले कुटपिट गरेको छ ।
नयाँ पत्रिका दैनिकमा कार्यरत दाहाल भारतबाट साउदी अरबमा हुने उडान रोकिएपछि भारतीयहरू नेपालहुँदै साउदी अरब जान दुतावास अगाडि लाइन बसेका भारतीयहरुको समाचार संकलनका लागि मंगलबार दुतावास परिषर पुगेका थिए ।
समाचार संकलनको क्रममा पत्रकार दाहाललाई डिएसपी दीपक खड्काको कमान्डमा रहेका प्रहरी जवानहरूले भिडियो र फोटो खिचेको भन्दै धम्क्याउनुका साथै लछारपछार पारेका थिए । आफू पत्रकार भएको भन्दै कार्ड देखाउँदासमेत प्रहरी जवानहरूले नक्कली पत्रकार भन्दै पाखुरा र घाँटीमा समाएर लछारपछार पारेको दाहालले बताए ।
प्रकाशित मिति: १५:२६ बजे, मंगलबार, चैत ३१, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार










-1784031842.jpg)
