Kathmandu Press

संघीय निजामती विधेयक पारित गरे आन्दोलन गर्ने चेतावनी

काठमाडौं, चैत्र ३१ : नेपाल निजामति कर्मचारी युनियन संघले संघीय निजामति सेवा गठन सम्बन्धी विधयेक अबिलम्ब फिर्ता नगरे आन्दोलनक गर्ने चेतावनी दिएको छ । मंगलबार...
संघीय निजामती विधेयक पारित गरे आन्दोलन गर्ने चेतावनी

काठमाडौं, चैत्र ३१ : नेपाल निजामति कर्मचारी युनियन संघले संघीय निजामति सेवा गठन सम्बन्धी विधयेक अबिलम्ब फिर्ता नगरे आन्दोलन गर्ने चेतावनी दिएको छ । 

मंगलबार नेपाल निजामती कर्मचारी युनियन (संघ) को राष्ट्रिय भेला तथा विधान अधिवेशन २०७७ बाट पारित काठमाडौं घोषणापत्रको बारेमा जानकारी दिन रिपोटर्स क्लबमाआयोजित पत्रकार सम्मेलनमा बोल्दै युनियनका अध्यक्ष गोपालप्रसाद पोखरेलले संघीय निजामती सेवा ऐन लोकतन्त्रविरोधी रहेको बताए । 

ऐनले संविधानलाई नै उल्लंघन गरेको तथा कर्मचारीहरूको सेवासुविधा, वृत्तिविकासलगायतका विषयमा अलोकतान्त्रिक तवरले तानाशाही व्यवस्था कायम गरिएको भन्दै सो ऐन पास भए कर्मचारीहरू आन्दोलनमा उत्रिने बताए । राष्ट्रिय भेलाले ऐनको विरुद्धमा देशव्यापी रूपमा हस्ताक्षर अभियान सञ्चालन गर्ने निर्णय पनि गरेको छ ।

सरकारले निजामती प्रशासनलाई विघटन गरेर आफूअनुकूलका कर्मचारीहरूलाई करारमा नियुक्त गर्ने चेष्टा गरेको अध्यक्ष पोखरेलले बताए । नेपाल निजामती कर्मचारी युनियन (संघ)का उपाध्यक्ष उत्तमकुमार कटुवालले संघीय निजामती सेवा ऐनले ट्रेड युनियनको अधिकारलाई हनन गरेको बताए ।

श्रेणीविहीन कर्मचारीको वृत्तिविकासको व्यवस्थालाई कुण्ठित गरिएको पनि उनले बताए । करार कर्मचारीहरूलाई स्थायी बनाउनुपर्ने आफूहरूको मागको सम्बोधन गर्न सरकारलाई ध्यानाकर्षण पनि गराए । सरकार नायबसुब्बाको वृत्ति विकास र बढुवामा गम्भीर नभएको पनि उपाध्यक्ष कटुवालले बताए ।  ट्रेड युनियनको अधिकारको निम्ति नेपाल निजामती कर्मचारी युनियन ९संघ०ले जस्तोसुकै आन्दोलन गर्न तयार रहेको पनि बताए । 

प्रकाशित मिति: १५:०४ बजे, मंगलबार, चैत ३१, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्