कांग्रेस सांसदद्वारा संसद अवरुद्ध
काठमाडौं, जेठ २७ : गूठी संस्थानसम्बन्धी विधेयक सच्याउन माग गर्दै कांग्रेस सांसदले संसदमा अवरोध गरेका छन्।
आज केहीबेर अघि प्रतिनिधिसभा ....

काठमाडौं, जेठ २७ : गूठी संस्थानसम्बन्धी विधेयक सच्याउन माग गर्दै कांग्रेस सांसदले संसदमा अवरोध गरेका छन्।
आज केहीबेर अघि प्रतिनिधिसभा बैठक सुरू हुने वितिक्कै कांग्रेस सांसदले विरोध जनाएका हुन्। कांग्रेस सांसदको विरोधका कारण संसद् बैठक अवरुद्ध भएको छ।
गुठीसम्बन्धी कानुनलाई एकीकरण र संशोधन गर्न बनेको विधेयक, २०७५ को खारेज गर्नुपर्ने माग गर्दै आइतबार माइतीघर मण्डलमा नेवा राजनीतिक अभियान तथा नेवा गुठी सङ्घसंस्थाले प्रदर्शन गरेको थियो।
शान्तिपूर्ण प्रदर्शनमा प्रहरीले धरपकड तथा लाठी प्रहार गरेको भन्दै कांग्रेस सांसद् विरोध गरेका हुन। उनीहरूले शान्तिपूर्ण प्रदर्शनमाथि भएको धरपकडका विषयमा सरकारसँग स्पष्ट जवाफको माग गरेका छन्।
सरकारकातर्फबाट जवाफ नआएसम्म संसद् चल्न नदिने भन्दै सांसदहरूले बैठक अवरुद्ध पारेका हुन्।











