बंगलादेशमा मस्जिदमा २० जना भन्दा बढी भेला हुन नपाइने
ढाका, चेत ३१ : बंगलादेशले कोरोना महामारी विरुद्धको जारी लकडाउनमा मस्जिदमा २० जनाभन्दा बढी भेला हुन प्रतिबन्ध गरेको छ । सोमबार बंगलादेशले लकडाउनमा मस्जिदमा...
ढाका, चेत ३१ : बंगलादेशले कोरोना महामारी विरुद्धको जारी लकडाउनमा मस्जिदमा २० जनाभन्दा बढी भेला हुन प्रतिबन्ध गरेको छ । सोमबार बंगलादेशले लकडाउनमा मस्जिदमा २० जनाभन्दा बढी भेला हुन प्रतिबन्ध गरेको हो ।
बंगलादेशको धार्मिक मामिला मन्त्रालयले अप्रिल १४ देखि इमाम, हाफिज, खैब, मुआजिन र खादिमलगायत २० जनालाई मस्जिदमा भेला हुन एक निर्देशन जारी गरेको छ ।
मस्जिद प्रशासन र कानून प्रवर्तन एजेन्सीहरूलाई कोरोना–१९ भाइरसको प्रसार राख्न मन्त्रालयले जारी गरेको सुरक्षा निर्देशहरू कार्यान्वयन गर्न भनिएको छ।
बंगलादेशमा हालसम्म कोरोना संक्रमितको संख्या ६ लाख ९१ हजार नौ सय ५७ छ भने मृत्यु हुनेको संख्या नौ हजार आठ सय २२ रहेको छ । त्यस्तै, निको हुनेको संख्या पाँच लाख ८१ हजार एक सय १३ छ।
प्रकाशित मिति: १३:३५ बजे, मंगलबार, चैत ३१, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार










-1784031842.jpg)
