Kathmandu Press

गोरखामा ट्रयाक्टर ठक्करबाट विद्यार्थीको मृत्यु

गोरखा, चैत्र ३१ : गोरखाको शहीद लखन गाउँपालिका–९ नाम्जुङमा आज  ट्रयाक्टरले ठक्कर दिँदा एक बालकको मृत्यु भएको छ। मृत्यु हुनेमा श्री सरस्वती आधारभूत विद्यालयको कक्षा...
गोरखामा ट्रयाक्टर ठक्करबाट विद्यार्थीको मृत्यु

गोरखा, चैत्र ३१ : गोरखाको शहीद लखन गाउँपालिका–९ नाम्जुङमा आज  ट्रयाक्टरले ठक्कर दिँदा एक बालकको मृत्यु भएको छ। 

मृत्यु हुनेमा श्री सरस्वती आधारभूत विद्यालयको कक्षा ७ मा अध्ययनरत १३ वर्षीय विवश ढकाल रहेको वडाध्यक्ष रामप्रसाद लामिछानेले बताए।

घैरुङबाट नाम्जुङतर्फ जाँदै गरेको ग१त ४५८२ नंको  ट्रयाक्टरले छेलाङे चोक नजिकै बिहानी कक्षा पढेर घर फर्कँदै गरेका बालक ढकाललाई ठक्कर दिँदा उनको मृत्यु भएको विद्यालयका प्रधानाध्यापक ऋषि लामिछानेले जानकारी दिए। घटनास्थल विद्यालयबाट करिब १०० मिटरको दूरीमा रहेको उनको भनाइ छ । 

घटनाको जानकारी पाएलगत्तै बङ्कोट प्रहरी चौकीबाट गएको प्रहरीले ट्र्याक्टर चालकलाई नियन्त्रणमा लिएको छ । घटनाको थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ ।
 

प्रकाशित मिति: १२:१३ बजे, मंगलबार, चैत ३१, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्