Kathmandu Press

इटहरीमा टिप्परको ठक्करबाट एक वृद्धको मृत्यु

इटहरी, चैत ३१ : इटहरीमा एक वृद्धलाई टिपरले किचेर मारेको छ।कोशी राजमार्ग अन्तर्गत इटहरी–१ आँपगाछीमा ८२ वर्षीय कर्णबहादुर गुरूङलाई टिपरले किचेर मारेको हो। गुरुङ...
इटहरीमा टिप्परको ठक्करबाट एक वृद्धको मृत्यु

इटहरी, चैत ३१ : इटहरीमा एक वृद्धलाई टिपरले किचेर मारेको छ।

कोशी राजमार्ग अन्तर्गत इटहरी–१ आँपगाछीमा ८२ वर्षीय कर्णबहादुर गुरूङलाई टिपरले किचेर मारेको हो। गुरुङ सोही ठाउँका स्थानीय हुन्।

आइतबार अपराह्न बस कुरेर सडकमा उभिरहेका गरुङलाई प्रदेश १–०२–००१ ख ८६६५ नम्बरको टिपरले गुरुङलाई सामान्य ठक्कर दिएपछि उठ्दै गर्दा ब्याक गरी किचेर मारेको सुनसरी प्रहरीले जानकारी दिएको छ । गुरूङको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।

सुनसरीका प्रहरीका अनुसार टिपरले ब्याक गरि किचेर मारेको भन्दै स्थानीय आन्दोलनमा निस्किएका छन्। सोमबार उनीहरूले राजमार्ग नै अवरुद्ध पारेका थिए।

टिपर र चालक प्रहरीको नियन्त्रणमा छन्। 

प्रकाशित मिति: ११:५३ बजे, मंगलबार, चैत ३१, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्