कांग्रेसको विरोधपछि राष्ट्रियसभा बैठक स्थगित
काठमाडौं, जेठ २७ : कांग्रेसको विरोधपछि राष्ट्रियसभाको आजको बैठक स्थगित भएको छ।
बिहान ११ः१० बजे शुरु भएको बैठकमा प्रमुख प्रतिपक्षी दल कांग्रे....
काठमाडौं, जेठ २७ : कांग्रेसको विरोधपछि राष्ट्रियसभाको आजको बैठक स्थगित भएको छ।
बिहान ११ः१० बजे शुरु भएको बैठकमा प्रमुख प्रतिपक्षी दल कांग्रेसका सांसदहरुले उठेर विरोध जनाएपछि अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले केहीबेरका लागि बैठक स्थगित गरेका हुन्।
नेवा राजनीतिक अभियान तथा नेवा गुठी सङ्घसंस्थाले गुठीसम्बन्धी कानुनलाई एकीकरण र संशोधन गर्न बनेको विधेयक, २०७५ को खारेज गर्नुपर्ने माग गर्दै आइतबार माइतीघर मण्डलामा प्रदर्शन गरेको थियो।
शान्तिपूर्ण विरोध प्रदर्शनमा प्रहरी प्रशासनले धरपकड तथा लाठी प्रहार गरेको भन्दै सो विषयमा सरकारसँग स्पष्ट जवाफको माग गर्दै सांसदहरुले राष्ट्रियसभाको बैठकमा अवरोध गरेपछि स्थगित भएको हो।
सभामा कांग्रेसका सांसद बद्रीप्रसाद पाण्डेले आइतबार भएको शान्तिपूर्ण प्रदर्शनमा प्रहरीले दमन गर्दा सञ्जीव बज्राचार्य, महेश्वर रञ्जितकारलगायत धेरै जना घाइते भएको भन्दै भत्र्सना गरे। उनले विधेयक संविधान विपरीत भएको भन्दै सच्याउनसमेत माग गरे।











