कांग्रेस केन्द्रीय समिति बैठक वैशाख ५ गते बस्ने
काठमाडौं, चैत ३० : नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आगामी वैशाख ५ गते बस्ने भएको छ।आजका लागि निर्धारित बैठक पार्टीका वरिष्ठ नेता रामचन्द्र...
काठमाडौं, चैत ३० : नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आगामी वैशाख ५ गते बस्ने भएको छ।
आजका लागि निर्धारित बैठक पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेलका माइला भाइ एवं कांग्रेसका अग्रज व्यक्तित्व गोविन्दराज पौडेलको निधनका कारण स्थगन गरिएको थियो। चितवनको रत्ननगरमा आज ७५ वर्षको उमेरमा पौडेलको निधन भएको हो।
चैत ३० गते बस्ने भनिएको बैठक आगामी वैशाख ५ गते दिउँसो २ बजे तय भएको कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए।
कांग्रेस सभापति सभापति शेरबहादुर देउवाले आज शोक विज्ञप्तिमार्फत पौडेलको निधनप्रति दुःख व्यक्त गर्दै भावपूर्ण श्रद्धाञ्जलि अर्पण र शोकाकुल परिवारजनमा पार्टी र आफ्नो व्यक्तिगत तर्फबाट समवेदना व्यक्त गरेका छन्।
सभापति देउवाले आजै कांग्रेस ज्येष्ठ राजनीतिज्ञ सभाका सदस्य गणेश ढकालको निधनप्रति पनि दुःख व्यक्त गरेका छन्। ढकालको पाँचथरको रविमास्थित निजी निवासमा ७५ वर्षको उमेरमा निधन भएको हो।










-1784031842.jpg)
