कर्णाली प्रदेश सभाको अधिवेशन आह्वान
सुर्खेत, चैत ३० : कर्णाली प्रदेश सभाको सातौं अधिवेशन वैशाख ३ गतेका लागि बोलाइएको छ।सोमबार कर्णाली प्रदेश प्रमुख गोविन्दप्रसाद कलौनीले प्रदेश सभाको अधिवेशन...
सुर्खेत, चैत ३० : कर्णाली प्रदेश सभाको सातौं अधिवेशन वैशाख ३ गतेका लागि बोलाइएको छ।
सोमबार कर्णाली प्रदेश प्रमुख गोविन्दप्रसाद कलौनीले प्रदेश सभाको अधिवेशन आह्वान गरेका हुन्। संविधानको धारा १८३ को उपधारा (१) बमोजिम २०७८ वैशाख ३ गते दिउँसो २ बजे प्रदेशसभाको बैठक आह्वान गरिएको प्रदेश प्रमुखको कार्यालयले विज्ञप्तिमार्फत जनाएको छ।
यही चैत २९ गते बसेको कर्णाली प्रदेश मन्त्रिपरिषद् बैठकले प्रदेश प्रमुख समक्ष प्रदेशसभाको बैठक आह्वान गर्न सिफारिश गरेको थियो। कर्णाली प्रदेश सभामा हालसम्म ५१ वटा विधेयक दर्ता भएका छन्। त्यसमध्ये दुई वटा विधेयक फिर्ता भएका छन् भने ३६ वटा विधेयक सभाले पारित गरेको छ।
यस अधिवेशनमा मुख्मयन्त्री महेन्द्रबहादुर शाहीले विश्वासको मत लिनुपर्नेछ। नेकपा (एमाले)ले समर्थन फिर्ता लिएपछि सरकार अल्पमतमा परेको छ।
प्रकाशित मिति: १९:१८ बजे, सोमबार, चैत ३०, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार










-1784031842.jpg)
