कोरोनाबाट तनहुँ र कास्कीमा एकएक जनाको मृत्यु
दमौली, चैत ३० : गण्डकी प्रदेशमा कोरोना सङ्क्रमणबाट आज (सोमबार) दुईको मृत्यु भएको छ। तनहुँ र कास्कीका एकएक पुरुषको कोरोना सङ्क्रमणबाट मृत्यु भएको...
दमौली, चैत ३० : गण्डकी प्रदेशमा कोरोना सङ्क्रमणबाट आज (सोमबार) दुईको मृत्यु भएको छ। तनहुँ र कास्कीका एकएक पुरुषको कोरोना सङ्क्रमणबाट मृत्यु भएको हो।
तनहुँको शुक्लागण्डकी नगरपालिकाका ५१ वर्षीय पुरुषको चरक मेमोरियल अस्पतालमा मृत्यु भएको स्वास्थ्य निर्देशक डा विनोदविन्दु शर्माले जानकारी दिए। ती पुरुषमा यही चैत २३ गते कोरोना सङ्क्रमण पुष्टि भएको थियो ।
कास्कीको पोखरा महानगरपालिकाका ७८ वर्षीय पुरुषको पनि चरक मेमोरियल अस्पतालमा मृत्यु भएको छ । उनमा चैत २० गते कोरोना सङ्क्रमण पुष्टि भएको थियो ।
प्रकाशित मिति: १८:११ बजे, सोमबार, चैत ३०, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार










-1784031842.jpg)
