Kathmandu Press

आज पूर्वि र मध्यभागमा मेघ गर्जनसहित वर्षा हुने

काठमाडौ., जेठ २७ : प्रि-मनसुन भित्रिएकाले आज पूर्वि तथा मध्य भूभागमा मेघ गर्जनसहित वर्षा हुने भएको छ।

मौसम पूर्वानुमान महाशाखाले तीन दिनको म....

आज पूर्वि र मध्यभागमा मेघ गर्जनसहित वर्षा हुने
फाइल फोटो

काठमाडौ., जेठ २७ : प्रि-मनसुन भित्रिएकाले आज पूर्वि तथा मध्य भूभागमा मेघ गर्जनसहित वर्षा हुने भएको छ।

मौसम पूर्वानुमान महाशाखाले तीन दिनको मौसमी आंकलन जारी गर्दै आज देशभर सामान्य बदली रहने जनाएको छ। आज दिउसो पूर्वि तथा मध्य भूभागमा मेघ गर्जनसहित वर्षा हुने र पश्चिमी भूभागमा पनि हावाहुरीसहित वर्षा हुने जनाएको छ।

त्यस्तै, आज राति पनि पूर्वि र मध्यभागमा वर्षा हुने छ। मेघ गर्जनसहित वर्षासँगै हावाहुरी पनि चल्ने अनुमान गरेको छ।

त्यस्तै, भोलि पनि देशभर वर्षा हुने जनाएको छ। केही भागमा मेघ जर्गन र हावाहुरीसहित वर्षा हुने महाशाखाले जनाएको छ।

जसका कारण सप्तकोशी लगायतका पूर्वि क्षेत्रका नदीहरूमा बाढी आउने आंकलन गरिएको छ।

प्रकाशित मिति: १०:४४ बजे, सोमबार, जेठ २७, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्