Kathmandu Press

भारतको राँचीमा घाट नपाउँदा सडकमै जलाइए शव

भारतको राँचीमा घाट नपाउँदा सडकमै जलाइए शव

राँची, चैत ३० : भारतको राँचीमा आइतबार ६० शवको अन्तिम संस्कार गरिएको छ। कोरोनाका कारण यहाँ मृत्युदर बढेको हो। यसले अहिलेसम्मको रेकर्ड तोडेको हो।

पछिल्लो १० दिनमा राँचीको घाट र समाधिस्थलमा शव संख्यामा अत्यधिक वृद्धि आएको हो। आइतबार अन्तिम संस्कार गरिएका ६० शवमध्ये १२ शव कोरोना संक्रमितका थिए। ती सबैको सामूहिक चिता बनाएर दाह संस्कार गरियो।

यसबाहेक ३५ शव पाँचवटा समाधिस्थलमा जलाइयो र १३ शवलाई रातु रोडको काँटाटोली समाधिस्थलमा गाडियो । सबैभन्दा धेरै शवको दाहसंस्कार हरमु मुक्तिधाममा भयो।

भारतीय सञ्चारमाध्यममा प्रकाशित समाचारअनुसार मृतक संख्यामा यति धेरै वृद्धि भएको छ कि मुक्तिधाममा शव जलाउनका लागि ठाउँ कम भएको छ। मानिसहरुले घन्टौं प्रतीक्षा गरे पनि स्थान नपाउँदा खुला रुपमै चिता बनाए शव जलाइए। समाधिस्थलमा ठाउँ नपाएका कारण मुक्तिधामको अगाडि सडकमा पार्किङस्थलमै शव राखेर अन्तिम संस्कार गरिएको हो।

शव जलाउनका लागि अब मानिसहरुको निगम प्रशासनसँग गुहार माग्नुपरिरहेको बताइएकाे छ। 

प्रकाशित मिति: १६:२४ बजे, सोमबार, चैत ३०, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्