Kathmandu Press

राष्ट्रवाद देखाएर चुच्चे नक्सा गायब पारिएको सांसद महतकाे आरोप

काठमाडौं, चैत ३० : माओवादी केन्द्रका सांसद गजेन्द्रबहादुर महतले राष्ट्रवाद देखाएर चुच्चे नक्सा गायब पारिएको आरोप लगाएका छन्।सोमबार प्रतिनिधिसभाको शून्य समयमा बोल्दै सांसद...
राष्ट्रवाद देखाएर चुच्चे नक्सा गायब पारिएको सांसद महतकाे आरोप

काठमाडौं, चैत ३० : माओवादी केन्द्रका सांसद गजेन्द्रबहादुर महतले राष्ट्रवाद देखाएर चुच्चे नक्सा गायब पारिएको आरोप लगाएका छन्।

सोमबार प्रतिनिधिसभाको शून्य समयमा बोल्दै सांसद महतले अहिलेको सरकारले मेलम्ची देखाएर पेट्रोल र डिजेलको भाउ बढाएको, धरहरालाई देखाएर डन्डी र सिमेन्टको भाउ बढाएको आरोप लगाए।

त्यस्तै विकास र समृद्धि देखाएर नुन, तेल, चामल र दालको मूल्य बढाई अहिलेको सरकारले जनताको ढाड भाँचेको उनको भनाइ थियो।

‘पार्टीभित्रको समस्या देखाएर संसदको ढाड भाँचियो, कोरोना देखाएर जनतालाई डुबाइयो,’ उनले भने, ‘सभामुखमार्फत सबै जनताको ध्यान जाओस्, संसदको ध्यान जाओस्।’

प्रकाशित मिति: १५:०१ बजे, सोमबार, चैत ३०, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्