Kathmandu Press

करेन्ट लागेर दम्पत्तीको मृत्यु

मकवानपुर, चैत ३० : मकवानपुरको हेटौंडा उपमहानगरपालिका–९ शान्तिचोकमा सोमबार बिहान करेन्ट लागेर एक दम्पत्तीको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय अन्दाजी ३५...
करेन्ट लागेर दम्पत्तीको मृत्यु

मकवानपुर, चैत ३० : मकवानपुरको हेटौंडा उपमहानगरपालिका–९ शान्तिचोकमा सोमबार बिहान करेन्ट लागेर एक दम्पत्तीको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय अन्दाजी ३५ वर्षीय समीर पाख्रिन र उनको श्रीमती ३० वर्षीया अन्सु पाख्रिन रहेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार घरको मिटर बक्समा जेलिएको तारलाई फलामको डण्डीले उठाउन खोज्ने क्रममा उनीहरुलाई करेन्ट लागेको थियो । करेन्ट लागेर गम्भीर घाइते भएका उनीहरुको हेटौँडा अस्पतालमा उपचारको क्रममा  बिहान मृत्यु भएको हो ।

मृतक दम्पतीको शव हाल हेटौंडा अस्पतालमा राखिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

प्रकाशित मिति: १४:४९ बजे, सोमबार, चैत ३०, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्