एमसीसीलाई संसद बैठकमा पेस गरियोस् : खगराज अधिकारी
काठमाडौं, चैत २७ : नयाँ बानेश्वरस्थित संसद् भवनमा आज (सोमबार) प्रतिनिधिसभा बैठक जारी छ।उक्त बैठकको शून्य समयमा बोल्दै एमाले सांसद खगराज अधिकारीले अमेरिकी...
काठमाडौं, चैत २७ : नयाँ बानेश्वरस्थित संसद् भवनमा आज (सोमबार) प्रतिनिधिसभा बैठक जारी छ।
उक्त बैठकको शून्य समयमा बोल्दै एमाले सांसद खगराज अधिकारीले अमेरिकी सहयोगसम्बन्धी प्रस्ताव मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) लाई संसद बैठकमा पेस गर्न अनुरोध गरेका छन्।
उनले सभामुख अग्नि सापकोटासँग संघीय संसदमै रहेकाे एमसीसीसम्बन्धी प्रस्तावलाई बैठकमा पेस गरी बहसको विषय बनाउनुपर्नेमा जोड दिए।
यसअघि कांग्रेस र माओवादीको संयुक्त सरकार हुँदा एमसीसी सम्झौता गरिएको उल्लेख गर्दै सांसद अधिकारीले अहिलेसम्म त्यो संसदमै थान्को लागेर बसेको उल्लेख गरे।
‘यो संसदमा तीनचार वर्ष कति वर्षसम्म लड्काउने हो ?’ उनले भने, एमसीसी तुरुन्त बहसको विषय बनाइयोस् र संसदको बिजनेस बनाइयोस्, संसदको विषय बनाइयोस् ।’
प्रकाशित मिति: १४:४५ बजे, सोमबार, चैत ३०, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार










-1784031842.jpg)
