कोरोनाविरुद्ध ट्राफिक प्रहरी र यातायात व्यवसायीको जनचेतनामूलक अभियान
काठमाडौं, चैत ३० : कोभिड-१९ को संक्रमण बढेसँगै रोकथाम तथा नियन्त्रणका लागि महानगरीय ट्राफिक प्रहरी महाशाखा र नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघको सहकार्यमा...
काठमाडौं, चैत ३० : कोभिड-१९ को संक्रमण बढेसँगै रोकथाम तथा नियन्त्रणका लागि महानगरीय ट्राफिक प्रहरी महाशाखा र नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघको सहकार्यमा जनचेतनामूलक अभियान सुरु गरिएको छ।
‘ट्राफिक प्रहरीको चाहना, स्वस्थ र सकुशल यात्राको कामना’ भन्ने मूलनाराका साथ सोमबारदेखि उक्त अभियान सुरु गरिएको महाशाखाले जनाएको छ।
महानगरीय ट्राफिक प्रहरी महाशाखा प्रमुख जनक भट्टराई भन्छन्, ‘कोभिड-१९ बाट यातायात क्षेत्र उच्च जोखिममा रहेको हुँदा समयमै सावधानी अपनाएर मात्र यातायात सञ्चालन गर्ने उद्देश्यले यो अभियान सुरु गरेका हौं,’ उनले भने।

यात्रुले देखिनेगरी सवारीको ढोका नजिक स्टिकर टाँस्ने, बसपार्क एवं भिडभाड हुने क्षेत्रमा नागरिकलाई सचेतना जगाउनुका साथै सवारीसाधनमा हुने भिड कम गराउन महाशाखाले विभिन्न कार्यक्रम पनि सञ्चालन गरिरहेको उनले बताए।
यस्तै सम्पूर्ण चालक, सहचालक तथा यात्रुहरूले अनिवार्य रूपमा मास्क लगाइ भौतिक दुरी कायम गरी सवारी साधनको प्रयोग गर्नुहुन महाशाखाले अनुरोधसमेत गरेको छ।











-1784031842.jpg)