Kathmandu Press

सुरक्षाको प्रत्याभूति दिलाउन सुनचाँदी व्यवसायीको आग्रह

काठमाडौं, चैत २९ : सुनचाँदी व्यवसायी प्रदीप विश्वकर्माको शनिबार सिरहाको लहानमा गोली हानी हत्या गरिएकामा नेपाल सुनचाँदी व्यवसायी महासङ्घले गम्भीर ध्यानाकर्षण भएको जनाएको...
सुरक्षाको प्रत्याभूति दिलाउन सुनचाँदी व्यवसायीको आग्रह

काठमाडौं, चैत २९ : सुनचाँदी व्यवसायी प्रदीप विश्वकर्माको शनिबार सिरहाको लहानमा गोली हानी हत्या गरिएकामा नेपाल सुनचाँदी व्यवसायी महासङ्घले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।

महासङ्घका प्रवक्ता मनोजकुमार शाहका अनुसार लहानस्थित अमिता ज्वेलर्सका सञ्चालक ४० वर्षीय विश्वकर्माको पसल लुट्न आएका लुटेरा समूहले गोली हानी हत्या गरेको थियो। सो घटनाले मुलुकभरका सुनचाँदी व्यवसायीलाई त्रसित र भयभित बनाएको भन्दै महासङ्घले मुलुकको सुरक्षा व्यवस्था र व्यावसायिक सुरक्षाको वातावरण बनाउन सरकारसँग माग गरेको छ।

सिरहाको लहान नगरपालिका–२३ गढिया चोकमा सुनचाँदी पसल गर्दै आएका विश्वकर्माको हत्यापछि नचिनेका मानिसहरुले अमिता ज्वेलर्समा रहेको सुनचाँदी र नगद पनि लुटपाट गरेका थिए।

महासङ्घले यस्ता घटना दोहोरिन नदिन सरकारसँग आग्रह गर्दै दोषीलाई तत्काल नियन्त्रणमा लिई आवश्यक कारबाही गर्न तथा मृतकको परिवारलाई उचित क्षतिपूर्तिको ब्यवस्था गर्न माग गरेको छ।

 

प्रकाशित मिति: २१:०६ बजे, आइतबार, चैत २९, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्