Kathmandu Press

देउवा र पौडेलबिनाको बैठकले तय गर्‍यो केन्द्रीय कार्यसमितिका एजेन्डा

काठमाडौं, चैत २९ : नेपाली कांग्रेस सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलको अनुपस्थितिमा पदाधिकारी बैठक बसेको छ। बैठकले केन्द्रीय कार्यसमितिको बैठकका...
देउवा र पौडेलबिनाको बैठकले तय गर्‍यो केन्द्रीय कार्यसमितिका एजेन्डा

काठमाडौं, चैत २९ : नेपाली कांग्रेस सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलको अनुपस्थितिमा पदाधिकारी बैठक बसेको छ। बैठकले केन्द्रीय कार्यसमितिको बैठकका लागि एजेन्डा तय गरेको छ।

आइतबार कांग्रेस केन्द्रीय कार्यालय, सानेपामा बसेको पदाधिकारी बैठकले सोमबार बस्ने केन्द्रीय कार्यसमिति बैठकका लागि एजेन्डा तय गरेको जनाएको छ। पदाधिकारी बैठकमा क्रियाशील सदस्यता छानबिन र समायोजनबारे छलफल भएको छ।

क्रियाशील सदस्यता छानबिन र समायोजनको प्रगतिका विषयमा छलफलल भएको कांग्रेस सहायक महामन्त्री डा.प्रकाश शरण महतले बताए। कांग्रेसले केन्द्रीय सदस्य रमेश लेखकको संयोजकत्वमा क्रियाशील सदस्यता छानबिन सििमत गठन गरेको छ।

त्यस्तै, उपसभापति विमलेन्द्र निधीको सयोजकमा समायोजन समिति गठन गरेको छ। तत्कालीन नेपाल लोकतान्त्रिक फोरमलगायत अन्य राजनीतिक दलबाट आएका नेताहरुलाई समायोजन गर्न समिति गठन गरिएको हो।

आजको बैठकमा समसामयिक राजनीतिका विषयमा पनि छलफलल भएको जनाएको छ।

बैठकमा सभापति देउवा र वरिष्ठ नेता पौडेल उपस्थित थिएनन्। उपसभापतिद्वय विमलेन्द्र निधि र विजयकुमार गच्छेदार, महामन्त्रीद्वय डा. शशांक कोइराला र पूर्णबहादुर खड्का, सहमहामन्त्री प्रकाशशरण महत र कोषाध्यक्ष सीतादेवी यादव, पूर्वमहामन्त्रीद्वय कृष्णप्रसाद सिटौला र प्रकाशमान सिंह, पूर्वसहमहामन्त्री अर्जुनरसिंह केसी, केन्द्रीय सदस्यहरू एनपी साउद, डा. मिनेन्द्र रिजाललगायत नेता सहभागी थिए।

प्रकाशित मिति: १९:११ बजे, आइतबार, चैत २९, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्