थप ३०३ जनामा कोरोना संक्रमण पुष्टि
काठमाडौं, चैत २९ : पछिल्लो २४ घण्टामा ३०३ जना कोरोना भाइरसका संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३१२५ जनामा गरिएको परीक्षणमा...
काठमाडौं, चैत २९ : पछिल्लो २४ घण्टामा ३०३ जना कोरोना भाइरसका संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३१२५ जनामा गरिएको परीक्षणमा ३०३ जना कोरोना संक्रमित थपिएका हुन् ।
योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ८० हजार २८ पुगेको मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घण्टामा १४१ जना कोरोना संक्रमणमुक्त भएका छन् । हालसम्म २ लाख ७४ हजार २७ जना संक्रमणमुक्त भएका छन् ।
आइतबारसम्म कोरोना भाइरसको सक्रिय संक्रमित २९६१ जना रहेका छन् । कोरोना भाइरस संक्रमणका कारण मृत्यु हुनेको संख्या तीन हजार ४० पुगेको छ ।
प्रकाशित मिति: १७:०१ बजे, आइतबार, चैत २९, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार











-1784031842.jpg)