Kathmandu Press

पदकमा पुरानो नक्सा प्रयोगको विरोधमा प्रदर्शन

काठमाडौं, चैत २९ : एमाले वरिष्ठ नेता माधव नेपाल समूहनिकट विद्यार्थीहरूले आज (आइतबार) दिउँसा ‘झुटो नक्सा चाहिन्न’, ‘चुच्चे नक्सा फेर्न पाइन्न’, ‘चुच्चे नक्सा...
पदकमा पुरानो नक्सा प्रयोगको विरोधमा प्रदर्शन

काठमाडौं, चैत २९ : एमाले वरिष्ठ नेता माधव नेपाल समूहनिकट विद्यार्थीहरूले आज (आइतबार) दिउँसा ‘झुटो नक्सा चाहिन्न’, ‘चुच्चे नक्सा फेर्न पाइन्न’, ‘चुच्चे नक्सा खै’ जस्ता नारा लगाउँदै प्रदर्शन गरेका छन्।

राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा वितरित विभूषण तथा पदकहरूमा पुरानै नक्सा राखिएको विरोधमा नेपाल समूहनिकट अनेरास्ववियुआबद्ध विद्यार्थीहरूले माइतीघर मण्डलामा उक्त प्रदर्शन गरेका थिए। २०७६ सालमा घोषित विभिन्न विभूषण तथा पदक शुक्रबार प्रदान गरिेएको थियो।

त्यसक्रममा उनीहरूले कालापानी, लिपुलेक, लिम्पियाधुरासहितको ठूलो नक्सा प्रदर्शन गरे। सरकारले भने पदक घोषणा गर्ने बेला प्रचलनमा रहेको नक्सालाई नै पदकमा राखिएको भनेर आफूबाट भएको त्रुटिको बचाउ गर्दै आएको छ।

प्रकाशित मिति: १५:४० बजे, आइतबार, चैत २९, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्