Kathmandu Press

९५ वर्षअघिको त्यो सगरमाथा आरोहण

हिमाल शान्त भ्रम हुन्। हिउँले ढकमक्क, कहिलेकाहीँ अन्धो बनाउने गरी चम्किला हुन्छन्।

हिमालको ढाड चढ्ने यात्रु हिमाललाई निरपेक्ष देख्छन्। बेलायती साम्राज्यको अन....

९५ वर्षअघिको त्यो सगरमाथा आरोहण
न्यूयाेर्क टाइम्स्

हिमाल शान्त भ्रम हुन्। हिउँले ढकमक्क, कहिलेकाहीँ अन्धो बनाउने गरी चम्किला हुन्छन्।

हिमालको ढाड चढ्ने यात्रु हिमाललाई निरपेक्ष देख्छन्। बेलायती साम्राज्यको अन्त्यतिर यी युरोपेली पुरूष सगरमाथा जित्न हिँडेका हुन्। दोहोरिरहने त्यो समयका कथाले यस्तै भन्छन्।

जित्न? साँच्चिकै? कसले कसलाई जित्छ? हिमालले मानिसलाई सर्लक्कै निल्नसक्छ भनेर हिमालयको सामना गर्नेले मात्रै बुझ्नसक्छ।

Hardik ivf

यी तस्वीर बेलायती आरोहण दलले सन् १९२१, १९२२ र १९२४ मा कैद गरेका हुन्। यी केही तस्वीर पृथ्वीको सर्वाेच्च शिखरको सबैभन्दा पुराना तस्वीरमध्ये पर्छन्। यिनै तस्वीर सगरमाथा नाप्न प्रयासरत हाम्रो प्रजातिका प्रथम तस्वीर पनि हुन्। भावी पुस्ताका लागि यो साहसिक कार्यको अभिलेख बनेका छन् यिनै तस्वीर। 

ती सुक्ष्म जीवलाई हेनुहोस् त–हामी हौं! –झलमल हिउँका सेता भित्ता चढिरहेका छौं। पाइला टेक्नलाई उनीहरू हिमाल काटिरहेका छन्। सन् १९२२ सम्म बेलायती आरोहण दल शिखरभन्दा केही सय मात्रै टाढा थियो।

हिमाल शान्त हुँदैनन्। त्यो कुरा यी तस्वीरले बताउँदैनन्। ढुंगा पल्टिँदा उनीहरू गर्जिन्छन्। हिमाल चढ्दा हावा सुसेली बजाउँछ। उचाइँले सास सुकाउँछ। हामी कति सुक्ष्म र कमजोर छौं भनेर हिमालले बताउँछ। त्यसैले, ती हिमालबाट टाढा बस्ने बौद्धमार्गीजस्तै–ढुंगामाथि ढुंगा खप्ट्याएर प्रार्थना गरिन्छ। हिमालसँग अनुनय गर्ने प्रयास गरिन्छ।

सगरमाथा वेस क्याम्पमा स्थानीय र अरोहीहरुबीच सामुहिक फोटो खिच्दै

एभरेष्ट बेलायती साम्राज्यका एक ‘ब्यूरोक्र्याटस्’को नाम हो। यो एउटा यस्तो निर्णय हो जसले मानिसलाई प्रकृतिको नजिक ल्याएको छ। हिमालयवासी यसलाई सगरमाथालाई देवी वा आमा भन्छन्। तस्वीरहरूमा उनीहरू श्वेत पुरूषका काँधबाट चिहाइरहेका छन्। प्रायः ‘क्याप्सन’ हरूमा उनीहरूको नाम अटाउँदैन। ‘बलिया स्थानीय भरिया’ भनेर मात्रै उल्लेख गरिन्छ। उनीहरूको मानवता पहिले नै हारेजस्तो देखिन्छ।

यी तस्वीरले साहसिक यात्रा र साहस सम्बन्धी हाम्रो सामूहिक क्षमताको झल्को देखाउँछ। तर, अहिले यी तस्वीर हेर्दा, हाम्रो आत्मघाती क्षमता, हामीले प्रेम गर्ने वस्तुलाई खेर फाल्ने हाम्रो क्षमताको झल्को पनि दिन्छ।

सगरमाथा वेस क्याम्प

हामीलाई अहिले के थाहा छ भने–यो आरोहणको अन्त्यसम्म औद्योगिकरणले प्रकृतिमाथि उत्साहजनक जित हासिल गर्दैगर्दा हामीले सधैंका लागि हिमालय परिवर्तन गर्न सुरू गरिसकेका थियौं। हामीमध्ये शक्तिशाली, विशेषगरी युरोप र अमेरिका बस्नेले सकेसम्म धेरै जैविक इन्धन बालेर हाम्रो अर्थतन्त्र सकेसम्म छिटो बढायौं। हामीले वायुमण्डलमा मिसाएको हरितगृह ग्यासले पृथ्वीको तापक्रम उल्लेखनीय रूपले बढाएको छ। यो क्रम रोकिएको छैन। निरन्तर चलिरहेको छ। तीव्र गतिमा चलिरहेको छ।

परिणाम, हिमालयको हिउँ पग्लिरहेको छ। अहिलेकै अवस्था रहे, यो शताब्दीको अन्त्यसम्म हिमालय र छिमेकी हिन्दुकुश पर्वत श्रृंखलाको कम्तिमा एक तिहाइ हिउँ पग्लेर जाने वैज्ञानिकहरूले पूर्वानुमान गरेका छन्।

यसले के फरक पर्छ त? यी हिमाल एसियाको पानीको मुहान हो। हिउँ बिलाए, पानी पनि सुक्छ। तलतिर बस्ने एक अर्ब मानिस काकाकुल हुन्छन्। त्यसपछि जित्नलाई बाँकी केही हुने छैन। मान्छेको आरोहण त हुँदैन!

बेलायती आरोहण दलले १९२१मा खिचेको तस्वीर

प्रकृतिको अंशबाहेक हामी अरू पनि केही हौं भनेर सोच्नेहरूका लागि हिमाल प्रकृतिजस्तै निरपेक्ष छ। तस्वीरहरू हाम्रो सामूहिक स्मरणको संग्रह बन्नुपर्छ। हिमालयले पनि हाम्रो सम्झनाहरू राखेको छ। हिउँ पग्लिँदै जाँदा वर्षाैंअघि निलेका शरीर पनि ओकल्नेछ।

-सोमिनी सेनगुप्ता अन्तर्राष्ट्रिय जलवायु सम्बन्धी मुद्दाबारे लेख्छिन्। उनले ‘एन्ड अफ कर्माः होप एन्ड फ्युरी अमङ्ग इन्डियाज यङ” नामक पुस्तक लेखेकी छिन्। 

न्यूयाेर्क टाइम्स्बाट नेपाली अनुवाद

प्रकाशित मिति: ०६:५५ बजे, सोमबार, जेठ २७, २०७६
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्