धोनीलाई १९ लाख जरिवाना
काठमाडौं, चैत २९ : चेन्नई सुपर किंग्सका कप्तान महेन्द्रसिंह धोनीलाई आईपिएल आयोजक बिसिसीआईले १९ लाख रुपैयाँ जरिवाना सुनाएको छ। आईपिएलअन्तर्गत शनिबार राति भएको दिल्ली...
काठमाडौं, चैत २९ : चेन्नई सुपर किंग्सका कप्तान महेन्द्रसिंह धोनीलाई आईपिएल आयोजक बिसिसीआईले १९ लाख रुपैयाँ जरिवाना सुनाएको छ।
आईपिएलअन्तर्गत शनिबार राति भएको दिल्ली क्यापिटल्सविरुद्धको खेलमा स्लो बलिङ गराएपछि धोनीलाई बिसिसिआईले १२ लाख भारु अर्थात् १९ लाख रुपैयाँ जरिवाना गरेको हो।
आईपिएलको एक इनिङ २० ओभर ९० मिनेटमा सकाउनु पर्ने हुन्छ, तर बन्खाडे रंगशालामा दिल्लीविरुद्ध सोभन्दा बढी समय लगाएको थियो । आयोजकले आईपिएल ‘कोड अफ अन्ट्याक’ नियम उल्लेख गरेको भन्दै धोनीलाई जरिवाना गरेको हो।
दिल्लीविरुद्धको सो खेलमा चेन्नई ७ विकेटले गुमाएको थियो। चेन्नईले दिएको १८९ रनको लक्ष्य दिल्लीले १८.२ ओभरमा ३ विकेट गुमाउँदै भेट्टाएको थियो।
प्रकाशित मिति: १४:२६ बजे, आइतबार, चैत २९, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार











-1784031842.jpg)