Kathmandu Press

महाकाली मेची युवा जागरण अभियान, आज चितवनदेखि हेटौंडासम्मकाे यात्रा

काठमाडौं, चैत २९ : वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी नेपालको भ्रातृ संगठन वैज्ञानिक समाजवादी युवा लिग नेपालको आयोजनामा महाकाली मेची युवा जागरण अभियान जारी...
महाकाली मेची युवा जागरण अभियान, आज चितवनदेखि हेटौंडासम्मकाे यात्रा

काठमाडौं, चैत २९ : वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी नेपालको भ्रातृ संगठन वैज्ञानिक समाजवादी युवा लिग नेपालको आयोजनामा महाकाली मेची युवा जागरण अभियान जारी छ। सो अभियानका सहभागीले चितवनबाट आज (आइतबार) बिहान आरम्भ गरेको यात्रा साँझ हेटौंडामा पुग्नेछ। भोलि (सोमबार) हेटौंडामा कोणसभा हुने पनि जनाइएको छ। 

२१ चैतमा दोधारा चाँदनी, कञ्चनपुरबाट सुरु गरिएको उक्त अभियानमा वैज्ञानिक समाजवादी युवा लिग नेपालका २० सदस्यकाे नेतृत्वदायी सहभागिता रहेको लिगका केन्द्रीय अध्यक्ष लक्षुराम विश्वकर्माले बताए।

अभियानको मूल नारा ‘दलाल पुँजीवादी संसदीय व्यवस्थाको भण्डाफोर गर्न उठौं, वैज्ञानिक समाजवादी व्यवस्थाको निर्माणको निम्ति संघर्षमा जुटौं’ भन्ने रहेको उनले बताए।

कञ्चनपुरबाट सुरु गरिएको अभियान काकडभित्तामा गई टुंगिने बताए।  ‘महाकाली मेची युवा जागरण अभियानको आज १०औं दिन हो, हामी निरन्तर संघर्षमा छौं र यो अभियान सफल पार्छौं,’ उनले बताए।

दोधारा चाँदनीबाट सुरु गरिएको अभियान अत्तरिया, धनगढी, टिकापुर, भुरी गाउँ, कोहलपुर, नेपालगन्ज, भालुबाङ, बुटवल, चितवन हुँदै आज हेटौंडा पुग्ने वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी नेपालका केन्द्रीय सदस्य विजय विश्वकर्माले जानकारी दिए।

महाकाली मेची युवा जागरण अभियानमा भित्ते लेखन र पर्चा वितरण, मोटरसाइकल र्यालीलगायत कार्यक्रमहरु गरेको उनले बताए।

लिगका महासचिव श्याम कुँवरका अनुसार महाकाली मेची युवा जागरण अभियानले दलाल संसदीय पुजीवादको विरुद्ध तमाम युवामाझ जागरण फैलाएको छ। ‘दलाल संसदीय पुँजीवादविरुद्ध वैज्ञानिक समाजवाद निर्विकल्प हो,’ उनले भने। 

देशमा व्याप्त भ्रष्टाचार र लुटतन्त्रको जरो नै दलाल संसदीय पुँजीवादी व्यवस्था भएको उनले बताए। तमाम उत्पीडन र असमानताको पक्षमा वैज्ञानिक समाजवादी व्यवस्था रहेको उनले बताए।

प्रकाशित मिति: १४:०८ बजे, आइतबार, चैत २९, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्