Kathmandu Press

बूढीगण्डकी आयोजना नेपालीको लगानीमै बनाउनुपर्छ: देउवा

गोरखा, जेठ २६ : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले बूढीगण्डकी जलविद्युत् आयोजना स्वदेशी लगानीमा नै निर्माण गर्नुपर्नेमा जोड दिएका छन्।

बूढीगण्डकी आयोजना नेपालीको लगानीमै बनाउनुपर्छ: देउवा

गोरखा, जेठ २६ : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले बूढीगण्डकी जलविद्युत् आयोजना स्वदेशी लगानीमा नै निर्माण गर्नुपर्नेमा जोड दिएका छन्।

कांग्रेस गोरखाको दोस्रो गोरखा नगरसभालाई आइतबार सम्बोधन गर्दै सभापति देउवाले राष्ट्रिय गौरवको आयोजनामा नेपाली जनताको लगानी भएमा त्यसको दीर्घकालीन फाइदासमेत नेपाली नै लिन पाउने भन्दै विदेशी कम्पनीलाई निर्माणको जिम्मा दिन नहुने बताएका हुन्।

'नेपालीसँग पैसा छ, नेपाली जनतालाई नै लगानीको अवसर दिनुपर्छ,'उनले भने। सभापति देउवाले चिनियाँ गोजुवा कम्पनी समयमा आयोजना निर्माण गर्ने खालको कम्पनी नभएको भन्दै गोजुवालाई आयोजना निर्माणको ठेक्का दिन नहुने तर्क गरे।

उनले विनाप्रतिस्पर्धा चिनियाँ कम्पनीलाई आयोजना निर्माणको जिम्मा दिनु शंकास्पद रहेको दाबीसमेत गरे। 'गोजुवाले तीन वर्षमा निर्माण सम्पन्न गर्नुपर्ने आयोजना जिम्मा लिएर १८ वर्ष लगाएको उदाहरण छ', उनले भने।
 
प्रकाशित मिति: १९:०३ बजे, आइतबार, जेठ २६, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्