झपामा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु
झापा, चैत २९ : पूर्व–पश्चिम राजमार्गस्थित विर्तामोडमा सडक दुर्घटनामा एकजनाको मृत्यु भएको छ। विर्तामोड नगरपालिका–६ मा ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा अर्जुनधारा नगरपालिका–५ बैसाबारीका...
झापा, चैत २९ : पूर्व–पश्चिम राजमार्गस्थित विर्तामोडमा सडक दुर्घटनामा एकजनाको मृत्यु भएको छ। विर्तामोड नगरपालिका–६ मा ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा अर्जुनधारा नगरपालिका–५ बैसाबारीका ३८ वर्षीय रामकान्त चौधरीकाे मृत्यु भएको हो।
पूर्वतर्फ आउँदै गरेको मे१ख २६२७ नंको बसलाई सोही दिशातर्फ आउँदै गरेको मे४प ६७४८ नंको मोटरसाइकलले उछिन्ने क्रममा विपरीत दिशाबाट आउँदै गरेको ना४ख ७२८९ नंको ट्रकले रामकान्त सवार मोटरसाइकललाई ठक्कर दिएको थियो।
घाइते मोटरसाइकल चालक चौधरीलाई उपचारका लागि विर्तामोडस्थित बिएण्डसी अस्पताल पुर्याए लगत्तै मुत्यु भएको थियो।
ट्रक चालक इलाम देउमाई नगरपालिका–६ का ४२ वर्षीय निमा शेर्पा र बसचालक मोरङ उर्लाबारी नगरपालिका–४ का ३० वर्षीय खड्गबहादुर भुजेललाई प्रहरीले नियन्त्रणमा लिएको छ।
प्रकाशित मिति: ११:४९ बजे, आइतबार, चैत २९, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार











-1784031842.jpg)