चिकित्सा शिक्षा आयोगको टोली अनुगमनका लागि कर्णाली स्वास्थ्य विज्ञानमा
जुम्ला, चैत २९ : जुम्लास्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल अनुगमनका लागि चिकित्सा शिक्षा आयोगको टोली पुगेको छ। कर्णाली प्रतिष्ठानमा एमबिबीएस अध्ययनका...
जुम्ला, चैत २९ : जुम्लास्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल अनुगमनका लागि चिकित्सा शिक्षा आयोगको टोली पुगेको छ। कर्णाली प्रतिष्ठानमा एमबिबीएस अध्ययनका लागि आवश्यक तयारीबारे अनुगमन गर्न डा. सतीशकुमार देव नेतृत्वको टोली कर्णालीमा पुगेको हो।
डा कालुसिंह खत्री, डा पवन हमाल, डा प्रकाश थापा, डा प्रतीक ज्ञवाली र नेपालगञ्ज नर्सिङ क्याम्पसका एक प्रतिनिधिसहितको टोली जुम्ला पुगेको छ। टोलीले जुम्लामा एमबिबीएस पठनपाठनका लागि चाहिने बिरामी सङ्ख्या, अस्पतालको अवस्था, अस्पतालले गर्ने सेवाप्रवाहको अवस्था, शिक्षक, कक्षाकोठा, आधारभूत विज्ञानका लागि आवश्यक भौतिक संरचना र ल्याब तथा उपकरणको अनुगमन गर्नेछ ।
टोलीले कर्णाली प्रतिष्ठानको स्थलगत अनुगमनपछि प्रतिवेदन तयार पारेर आयोगमा पेश गरेपछि सिट निर्धारण गर्नेछ । यही शैक्षिक सत्रबाट पठनपाठन शुरु हुने तयारीका साथ काम भइरहेको छ।
चिकित्सा शिक्षा ऐनअनुसार यहाँ पढ्ने विद्यार्थीले अनिवार्य दुई वर्ष प्रतिष्ठानले खटाएको क्षेत्रमा सेवा गर्नु पर्नेछ । स्वास्थ्य सेवा, जनशक्ति र समग्र विकासका लागि फाइदाजनक नै हुनेछ। यस क्षेत्र स्वास्थ्य पर्यटनको ‘हब’ बन्न सक्ने कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले जनाएको छ।











-1784031842.jpg)