Kathmandu Press

पार्टीको जागरण अभियान सफल: डा. महत

पोखरा, जेठ २६ : नेपाली कांग्रेसका सहमहामन्त्री डा. प्रकाशशरण महतले पार्टीको पहिलो चरणको राष्ट्रिय जागरण अभियान सफलतापूर्वक सम्पन्न भएको बताएका छन....

पार्टीको जागरण अभियान सफल: डा. महत

पोखरा, जेठ २६ : नेपाली कांग्रेसका सहमहामन्त्री डा. प्रकाशशरण महतले पार्टीको पहिलो चरणको राष्ट्रिय जागरण अभियान सफलतापूर्वक सम्पन्न भएको बताएका छन्।
    
नेपाल प्रेस युनियन कास्कीले आइतबार पोखरामा आयोजना गरेको पत्रकार सम्मेलनमा उनले अब दोस्रो र तेस्रो चरणको कार्यक्रमअन्तर्गत प्रदेशको निर्वाचन क्षेत्र र नगर तथा गाउँलाई केन्द्रविन्दु बनाएर अभियान सञ्चालन गर्ने जानकारी दिए।  

नेता महतले जागरणको माध्यमबाट पार्टीको आदर्श, सिद्धान्त र उपलब्धिको विषयमा जनतालाई सुसूचित गराउँदै पार्टीलाई सशक्त र बलियो बनाउने उद्देश्य रहेको स्पष्ट पारे।

कांग्रेसलाई एकताबद्ध र व्यक्तिवादी चरित्रलाई हतोत्साहित गर्न सङ्गठनलाई बलियो बनाउनुपर्ने उल्लेख गर्दै उनले वाइडबडीलगायतका भ्रष्टाचारका काण्डमा संवैधानिक निकायबाट सुक्ष्म ढंगले छानविन हुनु पर्नेमा जोड दिए।
        
 

प्रकाशित मिति: १७:०२ बजे, आइतबार, जेठ २६, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्