Kathmandu Press

सार्वजनिक बिदा भएपनि वित्तीय संस्था भने खुला रहने  

काठमाडौं, चैत्र २९ : आज आइतबार घोडेजात्राका अवसरमा सरकारले काठमाडौं उपत्यकामा बिदा दिईएको भएपनि बैंक तथा वित्तीय संस्था (वाणिज्य बैंक, विकास बैंक तथा...
सार्वजनिक बिदा भएपनि वित्तीय संस्था भने खुला रहने  

काठमाडौं, चैत्र २९ : आज आइतबार घोडेजात्राका अवसरमा सरकारले काठमाडौं उपत्यकामा बिदा दिईएको भएपनि बैंक तथा वित्तीय संस्था (वाणिज्य बैंक, विकास बैंक तथा फाइनान्स कम्पनी) भने खुला रहने भएका छन्।

 राष्ट्र बैंकले दिएको निर्देशनअनुसार वित्तीय संस्था भने बन्द नहुने भएका हुन्। केन्द्रीय बैंकद्वारा २०७५ असारमा जारी निर्देशनमा असोज, पुस, चैत र असार महिनाको अन्तिम हप्ता (२५ गते र सो पछि) मसान्तसम्म शनिबार लगायतका जनसुकै सार्वजनिक बिदा पनि बैंक तथा वित्तीय संस्थाका सम्पूर्ण काउन्टर र शाखा खोल्नुपर्ने उल्लेख गरिएको हो ।

सोही अनुसार राजस्व संकलन गर्ने आन्तरिक राजस्व कार्यालय, करदाता सेवा कार्यालय र भन्सार कार्यालयसँगै राष्ट्र बैंक लगायत राजस्व कारोबार गर्ने सम्पूर्ण बैंक, चेक क्लियरिङका लागि अन्य बैंक तथा वित्तीय संस्था एवं नेपाल क्लियरिङ हाउस आज खुला रहने भएको हो।

प्रकाशित मिति: ०८:५३ बजे, आइतबार, चैत २९, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्