प्रधानमन्त्री ओली भारतको इसारामा चलेका छन् : नेता पन्त
सिन्धुली, चैत २८ : नेकपा (एमाले) स्थायी कमिटी सदस्य रघुजी पन्तले प्रधानमन्त्री केपी शर्मा ओली भारतको इसारामा चलेको आरोप लगाएका छन्।शनिबार सिन्धुलीमा आयोजित...
सिन्धुली, चैत २८ : नेकपा (एमाले) स्थायी कमिटी सदस्य रघुजी पन्तले प्रधानमन्त्री केपी शर्मा ओली भारतको इसारामा चलेको आरोप लगाएका छन्।
शनिबार सिन्धुलीमा आयोजित माधवकुमार नेपाल पक्षको युवा संघ नेपालको समानान्तर कमिटी घोषणा कार्यक्रममा बोल्दै उनले प्रधानमन्त्री ओली भारतको इसारामा चल्दा समस्या आएको बताएका हुन्। भारतीय चलखेलकै कारण नेकपा विभाजित भएको उनको भनाइ थियो।
‘कमरेड केपी शर्मा ओली अहिले पूरै भारतको इसारामा चलेका छन्। भारत तथा अमेरिकालगायत प्रतिक्रियावादी शक्तिको पहिलो योजना नेकपा विभाजन गर्ने थियो,' नेता पन्तले भने, 'त्यसपछि नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र)लाई अलग गर्ने अनि एमालेलाई पनि विभाजन गरेर नेपालमा कम्युनिष्ट पार्टीलाई कमजोर पार्ने रणनीति छ।’
भारतकै इसारामा चलेर प्रधानमन्त्री ओलीले एमालेलाई विभाजन गर्न खोजेको आरोप लगाए। त्यहि रणनीति अनुसार पार्टीका शीर्ष नेताहरु माधवकुमार नेपाल, सुरेन्द्र पाण्डे, भीम रावल र घनश्याम भुसाललाई कारबाही गरिएको उनको जिकिर थियो।
अहिलेसम्म अपमान सहेर पनि पार्टीको एकता जोगाउन बसिरहेको नेता पन्तको भनाइ थियो। अध्यक्ष ओलीले कारबाही नै गर्न थालेपछि समानान्तर कमिटी बनाउन बाध्य भएको उनले बताए।











-1784031842.jpg)