Kathmandu Press

सिन्धुलीमा विष्णु बुर्जाको संयोजकत्वमा युवाको समानान्तर कमिटी

सिन्धुली, चैत २८ : एमाले वरिष्ठ नेता माधव नेपाल समूहले सिन्धुली जिल्लामा युवा संघको समानान्तर कमिटी गठन गरेको छ।जिल्लाका अगुवा युवाहरूको शनिबार सदरमुकाम...
सिन्धुलीमा विष्णु बुर्जाको संयोजकत्वमा युवाको समानान्तर कमिटी

सिन्धुली, चैत २८ : एमाले वरिष्ठ नेता माधव नेपाल समूहले सिन्धुली जिल्लामा युवा संघको समानान्तर कमिटी गठन गरेको छ।

जिल्लाका अगुवा युवाहरूको शनिबार सदरमुकाम सिन्धुलीमाडीमा आयोजित भेलाले विष्णु बुर्जाको संयोजकत्वमा १ सय ३१ सदस्यीय कमिटी गठन गरेको हो।

कमिटी उपाध्यक्षमा रमेश थापा, सचिवमा सम्झना भोलन, कोषाध्यक्षमा चूडाकुमार ठकुरी, सहसचिवमा सुरेश वाइबा चुनिएका छन्। 

कार्यक्रममा एमाले स्थायी कमिटी सदस्य रघुजी पन्तले पार्टीले चुनाव चिह्न ठूलाे कुरा नभएकाे र कम्युनिस्ट आन्दोलनलाई जोगाउन विचार मिल्नेहरूसँग एकताबद्ध भएर अगाडि बढ्ने धारणा व्यक्त गरे। पार्टीमा अध्यक्ष केपी ओलीले पार्टीमा तानाशाही चरित्र देखाएको उनको भनाइ थियो।

कार्यक्रममा जिल्ला इन्चार्ज कमलजंग राई, केन्द्रीय प्रतिनिधि गंगा नेपाल, केन्द्रीय सदस्य दिलु पन्त, कमलामाई नगरपालिकाका प्रमुख खड्ग खत्री, युवा संघका केन्द्रीय उपाध्यक्ष प्रकाश रोक्कालगायतको उपस्थिति थियो।

प्रकाशित मिति: १७:०४ बजे, शनिबार, चैत २८, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्