Kathmandu Press

सरूवा भएको ठाउँमा जान अटेर गर्ने प्रशासकीय अधिकृत निलम्बित

काठमाडाैं, जेठ २६ : सरुवा गरेको ठाउँमा जान अटेरी गर्ने रौतहट गौर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुमन कार्की निलम्बित भएका छन्। 

....
सरूवा भएको ठाउँमा जान अटेर गर्ने प्रशासकीय अधिकृत निलम्बित

काठमाडाैं, जेठ २६ : सरुवा गरेको ठाउँमा जान अटेरी गर्ने रौतहट गौर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुमन कार्की निलम्बित भएका छन्। 

 संघीय मामिला तथा समान्य प्रशासन मन्त्रालयले कार्कीको शैल्यशिखर नगरपालिका दार्चुलामा ०७६ जेठ २ गते सरुवा गरेको थियो। तर, पटक–पटक लिखित तथा मौखिक जानकारी गराउँदा पनि कार्यक्षेत्रमा जान अटेर गरेकाले कार्कीलाई निलम्बन गरिएको मन्त्रालयका सचिव यादवप्रसाद कोइरालाले जानकारी दिए।

कार्की ठाउँमा मन्त्रालयले सरोज कुमार लाल दासलाई जेठ १७ गते गौर नगरपालिकाको निमित्त प्रमुख प्रशासकीय अधिकृत तोकेर जेठ १७ गते पठाएको थियो । तर, मन्त्रालयको निर्णयविपरीत कार्कीले आफूखुशी पवन महतोलाई निमित्तको जिम्मेवारी तोकेका थिए।

सरूवाको अवज्ञा गरेका भन्दै निजामती सेवा नियमावली २०५० को नियम १२४ बमोजिम २१ दिनको म्याद पनि गुजारेको कारण देखाउँदै निजामती सेवा ऐन, २०४९ को दफा ६४ (१) बमोजिम सो अभियोगको जाँच बुझ गर्ने प्रयोजनका लागि दफा ६४ (३) बमोजिम कार्कीलाई दुई महिनाका लागि निलम्बन गरिएको हो।

 

प्रकाशित मिति: १६:३२ बजे, आइतबार, जेठ २६, २०७६