Kathmandu Press

अनलाइन पत्रकार संघद्वारा सूचना प्रविधि विधेयकको विरोध

काठमाडौं, चैत २८ : अनलाइन पत्रकार संघले विवादित सूचना प्रविधिको सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक प्रतिनिधिसभामा पेश गर्ने प्रयासप्रति गम्भिर ध्यानाकर्षण भएको जनाएको...
अनलाइन पत्रकार संघद्वारा सूचना प्रविधि विधेयकको विरोध

काठमाडौं, चैत २८ : अनलाइन पत्रकार संघले विवादित सूचना प्रविधिको सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक प्रतिनिधिसभामा पेश गर्ने प्रयासप्रति गम्भिर ध्यानाकर्षण भएको जनाएको छ ।

संघले विज्ञप्ति जारी गर्दै संसदमा रहेका दलहरुबीच तीव्र ध्रुविकरण र मतभेद भएको अवस्थामा विधेयक पेश गर्ने प्रयासप्रति ध्यानाकर्षण भएको जनाएको हो।

स‌ंघका सचिव डिल्लीप्रसाद सापकोटाद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘निर्माणको चरणमै तीव्र मतभेद रहेको अभिव्यक्ति तथा प्रेस स्वतन्त्रता विरोधी प्रावधानहरु रहेको विधेयकमा रहेका वाक तथा प्रेस स्तन्त्रता विरोधी प्रावधान शंसोधन नभई यो विधेयक स्वीकार गर्न नसकिने जानकारी गराउन चाहन्छौँ।’

अनेक वहानामा प्रेस तथा वाक स्वतन्त्रतामाथि प्रहार गर्ने सरकारको षड्यन्त्र असफल बनाउन संघले सरोकारवाला निकाय र प्रतिनिधिसभाका सांसदहरुलाई आह्वान गरेको छ।

प्रकाशित मिति: ०८:३९ बजे, शनिबार, चैत २८, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्