तीन दल मिल्नु घाम र जुन मिल्नु जस्तै हो : मुख्यमन्त्री गुरुङ
बेंसिशहर, चैत २८ : गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र) र सङ्घीय समाजवादी मिल्नु भनेको घाम र जुन मिल्नु...
बेंसिशहर, चैत २८ : गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र) र सङ्घीय समाजवादी मिल्नु भनेको घाम र जुन मिल्नु जस्तै भएको बताएका छन्।
बेँसीशहर–१ उदिपुरमा आयोजित कार्यक्रममा बोल्दै मुख्यमन्त्री गुरुङले तीन दलका आ–आफ्ना स्वार्थका कारण मिल्न नसक्ने बताए। वर्तमान सरकारलाई हटाउन सजिलो नभएको भन्दै मुख्यमन्त्री गुरुङले भने, 'एमालेसँग तीन दलमध्ये जुन मिल्दा पनि बहुमत पुग्छ। उनीहरुको अवस्था सजिलो छैन।'
मुख्यमन्त्री गुरुङले २०४७ देखि २०७४ सम्म आइपुग्दा प्राप्त हुन नसकेको महत्वपूर्ण उपलब्धि वर्तमान सरकारले हासिल गरको जिकिर गरे। उनले भने, 'समृद्धिका लागि जग बसालेका छौं। थप नतिजा छिट्टै देखिन्छ।'
गण्डकी प्रदेश सरकारले सभ्य समाज र समृद्ध प्रदेश बनाउने अभियानका साथ काम गरिरहेको उनको भनाइ थियो। ग्यासको सट्टामा बिजुलीको चुलो वितरण गर्न लागेको, प्रदेशमा चक्लाबन्दीको अभियान थाल्न लागेको उनले बताए।











-1784031842.jpg)