शान्तिको कामना गर्दै पशुपतिमा देशोद्वार पूजा गरिँदै
काठमाडौं, चैत २७ : देशमा शान्तिको कामना गर्दै पशुपतिमा शुक्रबार रातभर देशोद्वार पूजा गरिने भएको छ । पशुपति क्षेत्रस्थित वत्सलेश्वरी मन्दिरमा देशोद्वार पूजा...
काठमाडौं, चैत २७ : देशमा शान्तिको कामना गर्दै पशुपतिमा शुक्रबार रातभर देशोद्वार पूजा गरिने भएको छ । पशुपति क्षेत्रस्थित वत्सलेश्वरी मन्दिरमा देशोद्वार पूजा आराधना गरिँदैछ।
चैत्र कृष्ण त्रयोदशीका दिन कर्माचार्य थरका पूजारीले बलिदान एवं पञ्चमकारसहित रातभर पूजा गर्ने प्राचीन परम्परा रहेको पशुपति क्षेत्र विकास कोषले जनाएको छ।
पशुपति क्षेत्रका नौ शक्तिपीठमा आज राति पूजा गरिने छ । यहाँका नौ शक्तिपीठ गुह्येश्वरी, राजराजेश्वरी, वनकाली, भुवनेश्वरी, जयवागेश्वरी, झम्केश्वरी, बालकुमारी, मनमानेश्वरी र निर्वाणेश्वरीमा पूजा आराधना गरिन्छ।
सो अवसरमा चार जात ६४ वर्णका ७२ कन्यालाई पूजा गरिन्छ । कन्या पूजाका लागि अबिर पीठको विशेष आसन बनाइन्छ। चैत्रकृष्ण द्वादशीका दिन बिहीबार बज्रेश्वरी (पिङ्गलास्थान) मा विशेष पूजा गरिएको थियो।
चैत्र कृष्ण अष्टमीदेखि चैत्र शुक्ल द्वितीयाससम्म पशुपति क्षेत्रमा देशोद्धार पूजा एवं जात्राका विविध कर्म हुने गरेको छ । यो पूजा र जात्राको परम्परा लिच्छवीकालदेखि चल्दै आएको छ।











-1784031842.jpg)