इतिहास भजाएर मात्रै कांग्रेसलाई अब जनताले विश्वास गर्दैैनन्ः सिंह
वीरेन्द्रनगर, जेठ २६ : नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले विगतको इतिहास भजाएर मात्रै कांग्रेसलाई अब जनताले विश्वास गर्न नसक्ने बताएका छन्।&n....

वीरेन्द्रनगर, जेठ २६ : नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले विगतको इतिहास भजाएर मात्रै कांग्रेसलाई अब जनताले विश्वास गर्न नसक्ने बताएका छन्।
नेपाली कांग्रेस सुर्खेतले वीरेन्द्रनगरमा आइतबार आयोजना गरेको कार्यकर्ता भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै सिंहले कांग्रेसले आफूलाई विधि विधान अनुसार नचलाएर विगतको इतिहासलाई भजाएर मात्रै जनताले अब विश्वास नगर्ने बताएका हुन्।
उनले संघीय संरचनामा पार्टीलाई लगेर आन्तरिक कलह समाप्त नपारेसम्म कांग्रेस माथि उठ्न नसक्ने बताए। नेता सिंहले कांग्रेस नेतृत्व पनि अब सच्चिनु पर्ने बताए। उनले २००७ सालदेखिको इतिहास भजाएर जनताले विश्वास गर्न नसक्ने भएकाले पार्टीलाई विधि विधानबाट चलाएमात्रै कांग्रेस एकढिक्का हुन सक्ने बताए।
गाउँ जागरण अभियानका क्रममा कार्यकर्ताहरुले कांग्रेसलाई संस्थागत सुधार गर्नुपर्ने, पार्टीको आन्तरिक कलह मेटाउनुपर्नेजस्ता सुझावहरु आएकाले नेतृत्व तहले गम्भीर भएर सोच्नुपर्ने उनको भनाइ छ। उनले नेतृत्वले कसैलाई काखा र कसैलाई पाखा गर्न नहुने बताए।











