Kathmandu Press

मर्मतका लागि कुलेखानी सडकखण्डमा एक महिना यातायात बन्द

मकवानपुर, चैत २७ : कुलेखानीको हेबी फाखेल सडकखण्डको मर्मतका लागि एक महिना यातायात सेवा बन्द गरिने भएको छ। चैत २८देखि  वैशाख २८ गतेसम्मका...
मर्मतका लागि कुलेखानी सडकखण्डमा एक महिना यातायात बन्द

मकवानपुर, चैत २७ : कुलेखानीको हेबी फाखेल सडकखण्डको मर्मतका लागि एक महिना यातायात सेवा बन्द गरिने भएको छ। सडक मर्मतका लागि चैत २८देखि  वैशाख २८ गतेसम्मका लागि सो सडकखण्डमा सबै प्रकारका यातायात बन्द गर्ने निर्णय वाग्मती प्रदेशको यातायात पूर्वाधार निर्देशनालयले गरेको हो।

हेबी फाखेल सडकखण्ड कुलेखानीको हेबीदेखि महालक्ष्मी हुँदै फाखेल र काठमाडौंको फर्पिङसम्मको सडकको ढलान, ढल निकास र कालोपत्रे गर्ने कार्यका लागि कुलेखानी हुँदै काठमाडौंतर्फ जाने सबै प्रकारका यातायात सेवालाई बन्द गर्नुपरेको निर्देशनालयले जनाएको छ । उनले दक्षिणकाली हुँदै सिस्नेरीतर्फ आउने सडकखण्डमा भने यातायात सञ्चालनमा रोक नलगाएको बताए ।


निर्देशकका अनुसार सम्बन्धित यातायात व्यवसाय, जिल्ला प्रशासन र भौतिक पूर्वाधार मन्त्रालयका पदाधिकारीको आज बसेको संयुक्त बैठकले शनिबार हेबी र फाखेल सडकखण्ड बन्द गर्ने निर्णय गरेको छ ।

दक्षिणकालीकादेखि सिस्नेरी र कुलेखानीको हेबीसम्म सडकमा ढल निकास र कालोपत्र निर्माण गर्ने प्रयोजनका लागि केही हप्तापछि सिस्नेरी सडकखण्ड पनि बन्द गर्ने सहमति भएको निर्देशनालयले जनाएको छ ।

प्रकाशित मिति: १९:४५ बजे, शुक्रबार, चैत २७, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्