Kathmandu Press

अब ट्राफिक जरिवाना मोबाइलबाटै तिर्न सकिने

काठमाडौं, चैत २७ : अब ट्राफिक जरिवाना तिर्न बैंक धाइहरनु नपर्ने भएको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले ट्राफिक जरिवाना मोबाइलबाटै तिर्न सकिने...
अब ट्राफिक जरिवाना मोबाइलबाटै तिर्न सकिने

काठमाडौं, चैत २७ : अब ट्राफिक जरिवाना तिर्न बैंक धाइहरनु नपर्ने भएको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले ट्राफिक जरिवाना मोबाइलबाटै तिर्न सकिने गरी सेवा विस्तार गरेको छ ।

अनलाइन सेवा प्रदायक संस्थाबाट ट्राफिक जरिवाना भुक्तानी सुरु गरिएकामा त्यसलाई अझै सेवा विस्तार गरी शुक्रबारदेखि आफ्नै बैंक खाताबाट सिधै जरिवाना तिर्न सकिने गरी सेवा महाशाखाले सुरु गरेको हो ।

यसले आम सवारी चालकलाई जरिवाना तिर्न बैंकमा लाइन बस्नुपर्ने, लामो समय व्यर्थ खर्चिनु पर्ने बाध्यताको अन्त्य भएको र ट्राफिक कार्यालयमा हुने भिडभाडमा समेत कमी आउने विश्वस गरिएको महाशाखाका वरिष्ठ प्रमुख प्रहरी उपरीक्षक जनक भट्टराईले बताए ।

ट्राफिक महाशाखाले ट्राफिक जरिवाना रकम ट्राफिक भ्वाइलेसन रेकर्ड सिस्टम (टिभीआरएस), नेपाल सरकारको राजश्व व्यवस्थापन सूचना प्रणाली (आरआइएमएस) र सेवा प्रदायक संस्थाबीच समन्वय गरी सम्बन्धित व्यक्तिको बैंक खातामार्फत भुक्तान हुने गरी सफ्टवेयर प्रणालीको विकास गरेको महाशाखाले जनाएको छ ।

शुक्रबारदेखि थप ४५ वटा बैंक तथा वित्तीय संस्था र ७ वटा अनलाइन भुक्तानी सेवा प्रदायक संस्थाबाट सिधै ट्राफिक जरिवाना भुक्तानी गर्न सकिने छ।   आगामी दिनमा अनलाइन भुक्तानी प्रणाली सेवा सञ्चालनसम्बन्धी यस महाशाखाले निर्धारण गरेको मापदण्ड पूरा गर्ने अन्य सेवा प्रदायकलाई समेत आवद्ध गर्दै लाने योजना रहेको महाशाखाले जनाएको छ।

प्रकाशित मिति: १८:३० बजे, शुक्रबार, चैत २७, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्