थप २८८ जनामा कोरोना संक्रमण पुष्टि
काठमाडौं, चैत २७ : पछिल्लो २४ घण्टामा थप २८८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । ४०७१ जनामा गरिएको परीक्षणमा २८८ जनामा संक्रमण...
काठमाडौं, चैत २७ : पछिल्लो २४ घण्टामा थप २८८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । ४०७१ जनामा गरिएको परीक्षणमा २८८ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ।
जसमध्ये काठमाडौं जिल्लामा मात्र ११७, कास्कीमा ३३, मोरङमा १३, रुपन्देहीमा १६, दाङमा १४ र सुर्खेतमा १३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । हालसम्म देशभर कोरोना संक्रमितको संख्या २ लाख ७९ हजार ३८८ जना पुगेको छ ।
तीमध्ये २ लाख ७३ हजार ७३५ जना निको भएका छन् भने ३०३८ जनाको मृत्यु भएको छ । हाल देशभर २६१५ जना कोरोनाका सक्रिय संक्रमित रहेका छन् ।
प्रकाशित मिति: १६:४४ बजे, शुक्रबार, चैत २७, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार











-1784031842.jpg)