Kathmandu Press

चेम्बर अध्यक्षमा राजेन्द्र मल्ल

काठमाडौ‌‌, चैत २७ : मुलुकको सबैभन्दा पुरानो उद्योगी व्यवसायीहरुको संगठन नेपाल चेम्बर अफ कमर्सको अध्यक्षमा राजेन्द्र मल्ल निर्विरोध निर्वाचित भएको छ ।चेम्बरको आज...
चेम्बर अध्यक्षमा राजेन्द्र मल्ल

काठमाडौ‌‌, चैत २७ : मुलुकको सबैभन्दा पुरानो उद्योगी व्यवसायीहरुको संगठन नेपाल चेम्बर अफ कमर्सको अध्यक्षमा राजेन्द्र मल्ल निर्विरोध निर्वाचित भएको छ ।

चेम्बरको आज (शुक्रबार) सम्पन्न ७०औं वार्षिक साधारण सभाले ६७ सदस्यीय केन्द्रीय कार्यसमिति गठन गरेको र त्यसको वरिष्ठ उपाध्यक्षमा कमलेशकुमार अग्रवाललाई निर्विरोध चयन गरेको हो।

यसैगरी वाणिज्यतर्फ दीपक मल्होत्रा, उद्योगतर्फ उर्मिला श्रेष्ठ उपाध्यक्षमा चयन भएका छन्। 

प्रमुख निर्वाचन अधिकृत रमेश महर्जनका अनुसार चेम्बरका अन्य उपाध्यक्षमा जिल्ला नगर समूहबाट दीपक श्रेष्ठ, वस्तुगत समूहबाट सुरेन्द्रकुमार श्रेष्ठ र संस्थागत उद्योग वाणिज्य सङ्घबाट त्रिभुवनधर तुलाधर निर्वाचित भए। 

प्रकाशित मिति: १६:३२ बजे, शुक्रबार, चैत २७, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्