Kathmandu Press

हावाहुरीबाट ज्यान गुमाएकाका परिवारलाई सुदूरपश्चिम प्रदेशले डेढ लाख रुपैयाँ दिने 

धनगढी, जेठ २६ : सुदूरपश्चिम प्रदेश सरकारले हावाहुरीमा परी ज्यान गुमाएका दुई जनाका परिवारलाई जनही डेढ लाख रुपैयाँ राहत स्वरुप दिने भएको छ। 

आइतबार बसेको मन्त्रिपरिषदको बैठकले बिहीबार हावाहुरीमा परी ज्यान गुमाएका परिवारलाई सरकारले जनही डेढ लाख रुपैयाँ राहत दिने निर्णय गरेको आन्तरिक मामिला तथा कानून मन्त्री एवं प्रवक्ता प्रकाश शाहले जानकारी दिए।

हावाहुरीमा परी कैलालीको टीकापुर नगरपालिका–२ राजिपुरका ४७ वर्षीय लाहानु दबैरा र कैलाली गोदावरी नगरपालिका–८ का ३५ वर्षीय वीरबहादुर चौधरीको मृत्यु भएको थियो।

यस्तै, बैठकले हावाहुरीका कारण घरमा पूर्ण क्षति पुगेका परिवारलाई तत्काल २० हजार रुपैयाँ राहत दिने पनि निर्णय गरेको मन्त्री शाहले जानकारी दिए। उनका अनुसार घरमा आशिंक क्षति पुगेका परिवारलाई १० हजार राहत दिइने छ।

गत बिहीबार ठूलो हावाहुरी चल्दा कैलाली र कञ्चनपुरमा दुई जनाको मृत्यु भएको थियो भने सयौँ घरमा क्षति भएको छ ।
 
प्रकाशित मिति: १५:०७ बजे, आइतबार, जेठ २६, २०७६