Kathmandu Press

बलात्कार मुद्दामा सफाइ पाएका सिद्धबाबा पुगे उच्च अदालत

काठमाडौं, चैत २७ : जिल्ला अदालत सुनसरीको फैसलाविरुद्ध सिद्धबाबा भनिने कृष्णबहादुर गिरीले उच्च अदालत विराटनगरमा पुनरावेदन दिएका छन्।बिहीबार आफ्ना अनुयायीसहित पुगेका गिरीले जिल्लाको आदेश...
बलात्कार मुद्दामा सफाइ पाएका सिद्धबाबा पुगे उच्च अदालत

काठमाडौं, चैत २७ : जिल्ला अदालत सुनसरीको फैसलाविरुद्ध सिद्धबाबा भनिने कृष्णबहादुर गिरीले उच्च अदालत विराटनगरमा पुनरावेदन दिएका छन्।

बिहीबार आफ्ना अनुयायीसहित पुगेका गिरीले जिल्लाको आदेश त्रुटिपूर्ण भन्दै उच्च अदालतमा निवेदन दिएका हुन्।

एक महिला अनुयायीमाथि बलात्कार गरेको अभियोगमा उनलाई जिल्ला अदालत सुनसरीले सफाइ दिएको थियो। गत मंसिर २२ गते न्यायाधीश अर्जुनप्रसाद कोइरालाको इजलासले महिला अनुयायीसँग सहमतिमा करणी भएको भन्दै सिद्धबाबालाई सफाइ दिएको थियो।

उच्च अदालत विराटनगरका सूचना अधिकारी ओम सुवेदीका अनुसार जिल्लाको फैसलामा भनिएजस्तो सहमति करणी नभएको दाबीसहित सिद्धबाबाले उच्च अदालतमा निवेदन दर्ता गराएका हुन्।

फैसलामा लेखिएको सहमति करणी भन्ने व्यहोरा त्रुटिपूर्ण भएको उल्लेख गर्दै करणी नभएकाले जिल्लाको फैसला उल्टाइ आफूलाई सफाइ दिनुपर्ने गिरीले माग गरेका छन्।

प्रकाशित मिति: १५:२२ बजे, शुक्रबार, चैत २७, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्