Kathmandu Press

ब्राजिलमा कोरोनाका कारण एकै दिनमा ४२ सयभन्दा बढीको मृत्यु

साओ पाउलो, चैत २७ : ब्राजिलमा कोरोना भाइरसका कारण एकै दिनमा ४ हजार २ सय ४९ जनाको मृत्यु भएको छ । सरकारी अधिकारीहरुले...
ब्राजिलमा कोरोनाका कारण एकै दिनमा ४२ सयभन्दा बढीको मृत्यु

साओ पाउलो, चैत २७ : ब्राजिलमा कोरोना भाइरसका कारण एकै दिनमा ४ हजार २ सय ४९ जनाको मृत्यु भएको छ । सरकारी अधिकारीहरुले बिहीबार दिएको जानकारीअनुसार योसँगै ब्राजिलमा कोरोनाका कारण अहिलेसम्म मृत्यु भएकाहरुको सङ्ख्या ३ लाख ४५ हजार २५ पुगेको छ ।

स्वास्थ्य मन्त्रालयले दैनिक ४ हजारभन्दा बढीको मृत्यु भएको एकै हप्तामा यो दोस्रोपटक भएको जनाएको छ। यसअघि गत मंगलबार ब्राजिलमा कोरोनाका कारण एकै दिनमा ४ हजार १ सय ९५ जनाको मृत्यु भएको मन्त्रालयको तथ्याङ्क छ ।

सरकारी अधिकारीहरुले अप्रिलमा कोरोनाका कारण नराम्रो क्षति धेरै बेहोर्नु पर्ने अवस्था रहेको बताएका छन्। कोरोनाका कारण पछिल्लो २४ घण्टामा ८६ हजार ६ सय ५२ जना सङ्क्रमण भएको मन्त्रालयले जनाएको छ

 योसँगै ब्राजिलमा अहिलेसम्म कोरोना भाइरसबाट सङ्क्रमितको कुल सङ्ख्या १ करोड ३२ लाख ७९ हजार ८ सय ५७ पुगेको छ ।

ब्राजिलमा मध्य जनवरीदेखि कोरोना भाइरसविरुद्ध खोप अभियान सुरु भएको छ । तर सङ्क्रमित र मृतकको सङ्ख्यामा भने कमी आएको छैन। देशभरी अहिलेसम्म २ करोड ७५ हजार ११ हजार ५ सय ३७ जनालाई कोरोनाविरुद्धको खोप लगाइएको मन्त्रालयले जनाएको छ । 

कोरोनाभाइरसबाट धेरै प्रभावितहरुको सूचीमा ब्राजिल दोस्रो क्रममा रहेको छ । ब्राजिलमा भन्दा धेरै अमेरिकामा कोरोनाको असर परेको छ । हाल ब्राजिलको स्वास्थ्य प्रणालीले कोभिड–१९ को भयानक तनाव खेपिरेहको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो समय ब्राजिलमा कोरोना भाइरसको सङ्क्रमण निकै तीव्र बन्दै गएको छ । अस्पतालहरूले बिरामीको चाप थेग्न नसकेपछि उपचारमा समस्या भएको जनाएका छन् । 

देशको जनसङ्ख्याको १० प्रतिशतले पहिलो डोजको खोप लगाएका छन् । तर हाल अत्यधिक रुपमा फैलिएको भाइरसको प्रकोपलाई नियन्त्रण गर्न एक मात्र उपाय कम्तीमा २० दिनसम्म प्रभावकारी लकडाउन भएको विज्ञहरुको दाबी छ ।

तर राष्ट्रपति जैर बोल्सोनारोले भाइरसको नियन्त्रणका लागि कुनै पनि प्रतिबन्ध तथा लकडाउन घोषणा गर्नु भएको छैन । भाइरस नियन्त्रणका कारण आवश्यक कदम नचालेको भन्दै उहाँको निकै चर्को आलोचना हुने गरेको छ । 

तर राष्ट्रपति बोल्सोनारोले भने आफ्नो नीतिको बचाउ गर्दै आएका छन्। उनले लकडाउन तथा प्रतिबन्धहरुका देशको अर्थतन्त्र बिग्रने दाबी गर्दै आउनुभएको छ  । 

सन् २०१९ को डिसेम्बरमा चीनको वुहानबाट फैलिएको कोरोना भाइरसका कारण हालसम्म विश्वभर २९ लाखभन्दा बढीले ज्यान गुमाइसकेका छन्। त्यसैगरी १३ करोड ४५ लाख भन्दा बढी सङ्क्रमित भइसकेका छन्।

प्रकाशित मिति: १४:५५ बजे, शुक्रबार, चैत २७, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्