Kathmandu Press

भरतपुर विमानस्थलको धवनमार्गमा कालोपत्र थपिँदै

रत्ननगर, जेठ २६ : बजेट अभावले लामो समयदेखि रोकिएको भरतपुर विमानस्थलको धवनमार्गमा कालोपत्र थप्ने सुरू भएको छ।

नेपाल नागरिक उड्डयन प्रधिकरणले ....

भरतपुर विमानस्थलको धवनमार्गमा कालोपत्र थपिँदै

रत्ननगर, जेठ २६ : बजेट अभावले लामो समयदेखि रोकिएको भरतपुर विमानस्थलको धवनमार्गमा कालोपत्र थप्ने सुरू भएको छ।

नेपाल नागरिक उड्डयन प्रधिकरणले विमानस्थललाई नौ करोड उपलब्ध गराएकाले १७ वर्षपछि धवनमार्गमा कालोपत्र थप्ने काम ‘ओभरले’ गर्न थालिएको हो।

भरतपुर विमानस्थलका प्रमुख पवनकुमार गौतमले सामान्यतया विमानस्थल निर्माण भएको सातदेखि १० वर्षभित्र कालोपत्र गरिनु पर्ने बताए। प्रधिकरणले देशभरकै विमानस्थललाई मर्मत गर्दा बजेट र समय तालीका मिलाउनुपर्ने भएकाले कालेपत्र गर्न ढिलाइ भएको उनको भनाइ थियो ।

गौतमका अनुसार गौरी पार्वती निर्माण सेवाले असारको १५ गतेसम्म सक्ने गरी काम अघि बढाएको छ। एक हजार दुई सय मिटर लम्बाइ रहेको धावनमार्गमा ६ सेमी मोटाइको  कालेपत्र गरिँदैछ।

त्यस्तै निर्माण कम्पनीले कालोपत्रसहित, विमान तथा गाडी पार्किङ, ढललगायतको काम गर्नेछ। धावनमार्ग कालोपत्र गर्ने भएपछि यहाँको उडान समय बिहान ९ः३० देखि बेलुका ३ बजेसम्म मात्र गरिएको छ।

‘मर्मतका समयमा उडान रोकेर काम गर्ने चलन छ,’ उनले भने, ‘बिरामीलाई लक्षित गरेर बिहान बेलुकी काम गरेका छौं। कालोपत्रको क्रममा कुनै पनि दिन उडान रोक्दैनौं।’

बुद्ध, यती र सिम्रिक एयरले नियमित उडान भर्दै आएका छन्। (रासस)

प्रकाशित मिति: १४:१३ बजे, आइतबार, जेठ २६, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्