Kathmandu Press

सिंगटी हाइड्रोपावरको आईपीओ बाँडफाँड

काठमाडौं, चैत २७ : २ लाख ६९ हजार ७ सयजनाले सिंगटी हाइड्रोपावरको आईपीओ हात पारेका छन्। उनीहरूले न्यूनतम १० कित्ताका दरले आइपीओ पाएका...
सिंगटी हाइड्रोपावरको आईपीओ बाँडफाँड

काठमाडौं, चैत २७ : २ लाख ६९ हजार ७ सयजनाले सिंगटी हाइड्रोपावरको आईपीओ हात पारेका छन्। उनीहरूले न्यूनतम १० कित्ताका दरले आइपीओ पाएका हुन् । कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक मेगा क्यापिटलको कार्यालयले आज (शुक्रबार) आईपीओ बाँडफाँट गरेको हो। 

१५ लाख ६५ हजार ५ सय ३० आवेदकले आईपीओ माग गरेका थिए। त्यसमध्ये १५ लाख ५९ हजार ८ सय २ वटा योग्य आवेदन परेको छ भने ५ हजार ७ सय २८ जनाको आवेदन रद्द भएको क्यापिटलले जनाएको छ। कम्पनीले चैत ६ गतेदेखि प्रतिकित्ता १०० रुपैयाँको दरमा २९ लाख कित्ता आइपीओ बिक्रीमा ल्याएको थियो।

 त्यसमध्ये ५ प्रतिशत अर्थात १ लाख ५४ हजार कित्ता शेयर सामूहिक लगानी कोषका लागि र २ प्रतिशत अर्थात् ५८ हजार कित्ता शेयर कर्मचारीहरुका लागि बाँडफाँड गरिएको थियो। बाँकी २६ लाख ९७ हजार कित्ताका लागि सर्वसाधारणहरुका लागि बिक्री खुला गरेको थियो ।

बिक्री प्रबन्धक मेगा क्यापिटलको वेबसाइट र मेरोसेयर एकाउन्टबाट नतिजा हेर्न सकिनेछ। सीडीएस एन्ड क्लियरिङले आइपीओ रिजल्ट हेर्न बनाएको वेबसाइट https://iporesult.cdsc.com.np/  बाट पनि रिजल्ट हेर्न सकिन्छ ।

प्रकाशित मिति: १२:३६ बजे, शुक्रबार, चैत २७, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्