नागस्थानमा ट्राफिक लाइट जडान
काठमाडौं, चैत २७ : काठमाडौंको नागस्थानमा ट्राफिक लाइट जडान गरिएको छ । शुक्रबार महानगरीय ट्राफिक प्रहरी महाशाखा र राष्ट्रिय वाणिज्य बैंकको समन्वयमा नागस्थानमा नयाँ ट्राफिक...
काठमाडौं, चैत २७ : काठमाडौंको नागस्थानमा ट्राफिक लाइट जडान गरिएको छ ।
शुक्रबार महानगरीय ट्राफिक प्रहरी महाशाखा र राष्ट्रिय वाणिज्य बैंकको समन्वयमा नागस्थानमा नयाँ ट्राफिक लाईट जडान गरिएको हो ।
महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक जनक भट्टराई र राष्ट्रिय वाणिज्य वैंकका प्रमुख कार्यकारी अधिकृत किरण कुमार श्रेष्ठले स्वीच अन गरेर संयुक्त रूपमा ट्राफिक बत्तीको उद्घाटन गरेका छन् ।
प्रविधिमार्फत ट्राफिक व्यवस्थापन गर्दा आम सडक प्रयोगकर्ताहरूको आवागमनमा सहजता आउनुको साथै सडक अनुशासन कायम गर्न र दुर्घटना न्यूनीकरण महाशाखा प्रमुख एसएसपी जनक भट्टराईले बताए।
आजदेखी संचालनमा आएको ट्राफिक लाईट समेत गरि उपत्यकाको मुख्य मुख्य ३२ वटा चोकहरुमा ट्राफिक लाईटबाट ट्राफिक व्यवस्थापन हुनेछ ।
प्रकाशित मिति: ११:३८ बजे, शुक्रबार, चैत २७, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार











-1784031842.jpg)