Kathmandu Press

कोभिड बिरामीमा मानसिक डिसअर्डरको खतरा 

कोभिड–१९ भएका बिरामीमा नसासम्बन्धी समस्या र मानसिक डिसअर्डर हुने एक बृहत अनुसन्धानले पत्ता लगाएको छ । यो अनुसन्धान इन्फ्लुएन्जासहितका बिरामीमा निको भएपछि हुने...
कोभिड बिरामीमा मानसिक डिसअर्डरको खतरा 

कोभिड–१९ भएका बिरामीमा नसासम्बन्धी समस्या र मानसिक डिसअर्डर हुने एक बृहत अनुसन्धानले पत्ता लगाएको छ । यो अनुसन्धान इन्फ्लुएन्जासहितका बिरामीमा निको भएपछि हुने जोखिम तुलना गर्ने उद्देश्यले भएको थियो, जसबाट उपचारपछिका ६ महिनामा नसासम्बन्धी र मानसिक डिसअर्डरको समस्या पत्ता लागेको हो ।

द लान्सेट साइकियाट्री जर्नलका अनुसार अक्सफोर्ड विश्वविद्यालयका अनुसन्धानकर्मीले गत वर्ष दुई लाख ३६ हजार तीन सय ७९ कोरोना संक्रमित स्वास्थ्य विवरण विश्लेषण गरेका थिए ।

अध्ययनमा सहभागीमध्ये १७ प्रतिशतमा एन्जाइटी र १४ प्रतिशतमा मानसिक डिसअर्डर पाइएको थियो । यस्तै, सात प्रतिशतलाई मस्तिष्काघात र दुई प्रतिशतमा डिमेन्सिया (विछिप्तता) पाइएको थियो ।

Hardik ivf

अनुसन्धानकर्ताले यी दीर्घकालीन असरको निश्चित कारण अज्ञात रहेको बताएका छन् । रोजगारी गुमेको, क्वारेन्टिनमा बसेका बेलाको एक्लोपनलगायत कारणबाट यी समस्या देखिने अनुसन्धानकर्ताको बुझाइ छ । नसासम्बन्धी जोखिमबारे थप गहन अनुसन्धान आवश्यक रहेको उनीहरूले बताएका छन् ।

‘अधिकांश डिसअर्डरमा व्यक्तिगत जोखिम सानो हुन्छ, तर महामारीको विशालताको कारण ठूलो जनसंख्यामा यसको प्रभाव देखिन सक्छ,’ अनुसन्धानमा सहभागी मनोचिकित्सासम्बन्धी प्राध्यापक पल ह्यारिसनले भने ।

अनुसन्धानकर्ताहरूले इन्फ्लुएन्जा भएका एक लाख पाँच हजार पाँच सय ७९ र श्वासप्रश्वासमा संक्रमण भएका दुई लाख ३६ हजार ३८ जनाको विवरण पनि विश्लेषण गरेका थिए । त्यसबाट कोभिड–१९ निको भएपछि ४४ प्रतिशतमा नसासम्बन्धी र मानसिक समस्याको जोखिम देखिएको थियो । यस्तै, श्वासप्रश्वासमा संक्रमण भएका १६ प्रतिशतमा बढी जोखिम देखिएको थियो ।

‘यद्यपि, हामीलाई थाहा छ– भाइरसले मस्तिष्कमा असर गर्नसक्छ, यसको मतलव केवल मस्तिष्कमा भएको स्नायु कोशिका मात्र प्रभावित हुँदैन,’ अक्सफोर्ड युनिभर्सिटीका न्युरोलोजी एन्ड कग्नेटिभ न्युरोसाइन्सका प्राध्यापक मसुद हुसेनले भने, ‘त्यसैले होसियार रहनु आवश्यक छ ।’

महामारीको सुरुआती अवस्थामा मध्यमस्तरको लक्षण रहेका कोभिड बिरामीमा नसासम्बन्धी दीर्घकालीन समस्या देखिएको थियो । त्यस समस्यालाई कोरोना संक्रमणबाट मुक्त भएकाहरूले ‘ब्रेन फग’ भन्छन् । सुरुआती चरणमा कोरोनाले मस्तिष्कलाई असर पु¥याएका पर्याप्त प्रमाण थिएनन् ।

अक्टोबर २०२० मा प्रकाशित एक अध्ययनले अस्पताल भर्ना भएका कोरोना संक्रमितमध्ये चारजनामा नसासम्बन्धी डिसअर्डर, मांसपेशी र टाउको दुख्ने, रिंगटा लाग्ने र गन्ध वा स्वाद थाहा नपाउने लक्षण देखिएको थियो ।

चीनको वुहानमा गरिएको अर्को अध्ययनले ३६ प्रतिशत बिरामीमा नसासम्बन्धी लक्षणहरू पत्ता लगायो, जसमा टाउको दुख्नेदेखि होस गुम्नेलगायत समस्या देखिएको थियो ।

अक्सफोर्डका अनुसन्धानकर्मीले कोरोना संक्रमित भएका बिरामीको विवरण मात्र विश्लेषण गरेका छन् । तर, लक्षण नदेखिएका संक्रमितलाई अनुसन्धानमा समेटेका छैनन् ।

ब्लुमबर्गबाट
 

प्रकाशित मिति: ०६:४८ बजे, शुक्रबार, चैत २७, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्