बिएफआइएनले ५५ हजार आईपीओ निष्कासन गर्ने
काठमाडौं, चैत २६ : साधारण शेयर बिक्री गर्ने क्रममा बैंकिङ फाइनान्स एण्ड इन्स्योरेन्स इन्स्टिच्युट अफ नेपाल लिमिटेड (बिएफआइएन) पनि जोडिने भएको छ।बिएफआइएनले अधिकतम...
काठमाडौं, चैत २६ : साधारण शेयर बिक्री गर्ने क्रममा बैंकिङ फाइनान्स एण्ड इन्स्योरेन्स इन्स्टिच्युट अफ नेपाल लिमिटेड (बिएफआइएन) पनि जोडिने भएको छ।
बिएफआइएनले अधिकतम ५५ हजार कित्ता साधारण शेयर सर्वसाधारणलाई बिक्री गर्ने भएको छ। सम्झौतापत्रमा बिएफआइएनका तर्फबाट प्रबन्ध निर्देशक डा. विनोद आत्रेय र एनआइसी एशिया क्यापिट लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत रमेन्द्र रायमाझीले हस्ताक्षर गरेका छन्।
बिएफआइएनले आज एनआइसी एशिया क्यापिट लिमिटेडलाई शेयर निष्कासन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ। बिक्री प्रबन्धकको नियुक्तिसँगै शेयर बिक्री गर्ने घोषणा गरिएको हो।
कम्पनीले एक सय रुपैयाँका ५५ हजार कित्ता साधारण शेयर बिक्री गर्न लागिएको जनाएको छ।
प्रकाशित मिति: २०:३६ बजे, बिहीबार, चैत २६, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार











-1784031842.jpg)