Kathmandu Press

ट्रयाक्टर दुर्घटनामा एक बालकको मृत्यु, १४ घाइते

बर्दिया, जेठ २६ : बर्दियाको सीमावर्ती क्षेत्रमा पर्ने भारतको वहराइच जिल्ला लक्कडबाबामा मेला हेरेर फर्किने क्रममा भे १ त ५७५२ नं.को ट्रयाक्टर दुर्घटना ....

ट्रयाक्टर दुर्घटनामा एक बालकको मृत्यु, १४ घाइते

बर्दिया, जेठ २६ : बर्दियाको सीमावर्ती क्षेत्रमा पर्ने भारतको वहराइच जिल्ला लक्कडबाबामा मेला हेरेर फर्किने क्रममा भे १ त ५७५२ नं.को ट्रयाक्टर दुर्घटना हुँदा गुलरिया–८ का नौ वर्षीय समुन लोधको मृत्यु भएको छ।

उनको नेपालगञ्जस्थित नर्सिङहोममा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।

गुलरिया–९ डिब्बा भन्ने गाउँमा भएको दुर्घटनामा १४ जना घाइते भएको प्रहरी निरीक्षक लक्ष्मण ओलीले बताए। घाइतेमध्ये गुलरिया–८ कै १५ वर्षीया नीलम लोध र नौ वर्षीया सुमनकुमारी लोधको अवस्था गम्भीर छ।

जिल्ला अस्पतालमा उपचार हुन नसकेपछि दुवैलाई नेपालगञ्ज लगिएको छ। नीलम र  सुमनकुमारीको अवस्था चिन्ताजनक भएकाले नेपालगञ्ज पठाइएको प्रहरी नायब उपरीक्षक मदन सिंहले बताए।

अन्यको जिल्ला अस्पतालमै उपचार भइरहेको छ। उनीहरूको अवस्था समान्य रहेको अस्पतालले जनाएको छ। (रासस)

प्रकाशित मिति: १०:५३ बजे, आइतबार, जेठ २६, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्