Kathmandu Press

आज थप ३३२ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं, चैत २६ : आज देशभर थप तीन सय ३२ जना कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर चार...
आज थप ३३२ जनामा कोरोना संक्रमण पुष्टि
Hardik ivf

काठमाडौं, चैत २६ : आज देशभर थप तीन सय ३२ जना कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर चार हजार ६ जनाको पिसिआर परीक्षण गर्दा तीन सय ३२ जनामा संक्रमण पुष्टि भएको हो। योसँगै संक्रमितको संख्या दुई लाख ७९ हजार एक सय पुगेको छ।

त्यस्तै, आज ७९ जना निको भएका छन्। अहिले देशभर ७७ जना क्वारेन्टिनमा रहेका छन् भने दुई हजार चार सय ५४ जना सक्रिय संक्रमित रहेका छन्।

 

प्रकाशित मिति: १८:३९ बजे, बिहीबार, चैत २६, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्