Kathmandu Press

मौलिकता मास्ने साम्राज्यवाद अमान्य : बाँस्कोटा

काठमाडौं, चैत २६ : नेपाल कम्युनिष्ट पार्टी (एमाले) का केन्द्रीय सदस्य गोकुलप्रसाद बाँस्कोटाले मुलुकको मौलिकता मास्ने साम्राज्यवाद अमान्य भएको बताएका छन्।सांसद बाँस्कोटाले जिल्ला समन्वय...
मौलिकता मास्ने साम्राज्यवाद अमान्य : बाँस्कोटा

काठमाडौं, चैत २६ : नेपाल कम्युनिष्ट पार्टी (एमाले) का केन्द्रीय सदस्य गोकुलप्रसाद बाँस्कोटाले मुलुकको मौलिकता मास्ने साम्राज्यवाद अमान्य भएको बताएका छन्।

सांसद बाँस्कोटाले जिल्ला समन्वय समिति काभ्रेपलाञ्चोकको पाँचौं जिल्लासभा तथा नवनिर्मित भवन उद्घाटन कार्यक्रममा राउटे समुदायलाई जबर्जस्त इसाईकरण गरेर मुलुकको मौलिकता मास्ने प्रयास भइरहेको बताए।

‘सांस्कृतिक मौलिकता मास्ने राम्राज्यवाद कुनै पनि हालतमा मानिँदैन, धर्म र दल परिवर्तन नागरिकको स्वतन्त्रता हो,’ उनले भने, ‘ठाउँठाउँमा पार्टी बनाएर हिँड्नेलाई मेरो पनि शुभकामना छ, कमसेकम नाम र चिह्न भएको पार्टी बनाउनू।’

उनले थपे, ‘नेपालमा दुई पार्टी छन्, एमाले र काङ्ग्रेस, यिनै दुई पार्टी चित्त बुझे नि–नबुझे नि, राम्रो भए नि–नभए नि, आलोचना भए करेक्सन हुँदै, ढल्दै, धुलो टकटक्याउँदै यिनीहरु नै अगाडि बढ्छन्।’ 

कार्यक्रममा पनौती नगरप्रमुख भीम न्यौपाने, बेथानचोक गाउँपालिका अध्यक्ष प्रेमबहादुर तिमल्सिना, प्रमुख जिल्ला अधिकारी शिवराम पोखरेल, एमालेका जिल्ला नेता इन्द्रबहादुर तामाङ, माओवादी केन्द्रका नेता विष्णु मिजारलगायतले जिल्लासभा सफलताको शुभकामना व्यक्त गरे।

सो अवसरमा जिसस प्रमुख उद्धव केसीले २०७५ सालमा शुरु भएको नवनिर्मित भवन १ करोड ४८ लाख १७ हजारमा निर्माण सम्पन्न भएको जानकारी दिए।

प्रकाशित मिति: १५:३७ बजे, बिहीबार, चैत २६, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्